०५ भाद्र २०८३, शुक्रबार
21-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

जिउँदाको घर भत्काएर मुर्दालाई बाटो

भुमाफिया र विराटनगरका मेयर भिम पराजुली बिच मिलेमत्तो
Logo

विराटनगर, पुष १८
डर/त्रास देखाएर आफुहरुलाई विस्थापित गर्न खोजेको भन्दै सुकुम्बासीको एक झुण्ड विराटनगर महानगरपालिका विरुद्ध आन्दोलनमा उत्रिएको छ ।
उक्त झुण्डको विराटनगर भट्टाचौकस्थित परोपकार घाट नजिक सानो बस्तीे छ । सो बस्तीलाई महानगरले भत्काउन खोजेपछि सुकुम्बासीहरु महानगरविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
उक्त बस्ती परोपकार घाटको बाटोमा पर्ने भएकाले, घाटको बाटो विस्तारको लागी सुकुम्वासीको घर टहरा भत्काउन आवश्यक रहेको महानगरको भनाइ छ । अर्कोतर्फे, विगतको ४० वर्षदेखि सुकुम्बासीहरु त्यसक्षेत्रमा वस्दै आएको र आफुहरुको अस्तीत्व परोपकार घाट भन्दा पुरानो रहेको त्यहाँका सुकुम्वासी दावी गर्छन् ।
सुकुम्वासी फारुख शेख भन्छन् “४० वर्ष अघि, यो ठाँउ जंगल थियो, हामीले धेरै संघर्ष गरेर यो ठाँउलाई मासिन बस्न योग्य बनायौ, परोपकार घाट त धैरैपछि आयो  ” उनले थपे “परोपकार घाट बन्नु भन्दा पहिले हामी यहाँ आएर बसेका थियौं, हामीले परोपकारको होइन पारोपकारले चै हाम्रो जग्गा अतिक्रमण गर्न खोजेको हो ”
सोही विषयलाई लिएर महानगरपालिकाले प्रत्येक वर्ष घर भत्काइदिने धम्कीयुक्त पत्र समेत पठाउने गरेको सुकुम्बासीहरु बताउँछन् । महानगरले २०७६ असार २३ गते एक सूचना जारी गर्दै पुस २७ गते सम्ममा सो ठाँउ खाली गरिसक्नु पर्ने धम्कीपुर्ण पत्र सकुम्वासीलाई पठाएको थियो । भर्खरै मात्र पनि ७ दिन भित्र घर खालि गरिसक्नु पर्ने भन्दै महानगरले सुकुम्बासीहरुलाई अन्तिम अल्टिमेटम दिएको छ ।
सुकुम्बासीहरुले पनि बासको अन्यन्त्र व्यवस्थापन नगरी त्यस ठाँउलाई नछोड्ने अडान लिएका छन् । सुकुम्बासी आयोगद्धारा समेत सुकुम्वासीको परिचय पत्र पाईसकेको आफुहरुलाई डरधम्कीको भरमा खेदो गर्न नपाईने त्यहाँका सुकुम्वासीहरुको भनाई छ । कानुनतः पनि सुकुम्बासीलाई स्थानतरण गर्नु परेमा सरकारले वैकल्पिक उचित ठाँउको व्यावस्थापन गरी दिनुपर्ने उनीहरुको तर्क छ ।
सुकुम्वासीहरुलाई अनावश्यक डर धम्की दिएको भन्दै बिहिबार नेपाल सुकुम्बासी बिहिन संगठनले महानगरविरद्ध मुख्य बजारमा विरोध प्रद्धशन गर्नुका साथै र‌्याली समेत निकालेका थिए । सुकुम्बासीहरुले आफुलाई अन्यन्त्र ठाँउमा स्थानतरण गरिदिनु पर्ने अन्तिम माग राखेका छन् ।
महानगरले मलामीलाई बाटो साघुरो भएको भन्दै त्यसँ ठाँउको बाटोलाई बिस्तार गर्न खोजिरहेको छ । तर स्रातेका अनुुसार बाटो विस्तार गर्नुको पछि विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली र महानगरका केही कर्मचारीहरुको हिडन इन्ट्रेष्ट रहेको बताईएको छ । त्यस बस्तीले एक ठुलो नंम्बरी जग्गाको मुखलाई छकेको छ, बस्तीले ठुलो जग्गाको मुखलाई नै छेकेपछि भुमाफियाहरुलाई प्लटिङ गर्न आफ्ठ्यारो भइरहेको स्रोतको बुझाई छ । सोही जग्गाको मुखलाई किल्यर बनाउन मेयर पराजुली र भुमाफिया बिच केहि सहमतिहरु भएको स्रोतको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]