०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

जिउँदाको घर भत्काएर मुर्दालाई बाटो

भुमाफिया र विराटनगरका मेयर भिम पराजुली बिच मिलेमत्तो
Logo

विराटनगर, पुष १८
डर/त्रास देखाएर आफुहरुलाई विस्थापित गर्न खोजेको भन्दै सुकुम्बासीको एक झुण्ड विराटनगर महानगरपालिका विरुद्ध आन्दोलनमा उत्रिएको छ ।
उक्त झुण्डको विराटनगर भट्टाचौकस्थित परोपकार घाट नजिक सानो बस्तीे छ । सो बस्तीलाई महानगरले भत्काउन खोजेपछि सुकुम्बासीहरु महानगरविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
उक्त बस्ती परोपकार घाटको बाटोमा पर्ने भएकाले, घाटको बाटो विस्तारको लागी सुकुम्वासीको घर टहरा भत्काउन आवश्यक रहेको महानगरको भनाइ छ । अर्कोतर्फे, विगतको ४० वर्षदेखि सुकुम्बासीहरु त्यसक्षेत्रमा वस्दै आएको र आफुहरुको अस्तीत्व परोपकार घाट भन्दा पुरानो रहेको त्यहाँका सुकुम्वासी दावी गर्छन् ।
सुकुम्वासी फारुख शेख भन्छन् “४० वर्ष अघि, यो ठाँउ जंगल थियो, हामीले धेरै संघर्ष गरेर यो ठाँउलाई मासिन बस्न योग्य बनायौ, परोपकार घाट त धैरैपछि आयो  ” उनले थपे “परोपकार घाट बन्नु भन्दा पहिले हामी यहाँ आएर बसेका थियौं, हामीले परोपकारको होइन पारोपकारले चै हाम्रो जग्गा अतिक्रमण गर्न खोजेको हो ”
सोही विषयलाई लिएर महानगरपालिकाले प्रत्येक वर्ष घर भत्काइदिने धम्कीयुक्त पत्र समेत पठाउने गरेको सुकुम्बासीहरु बताउँछन् । महानगरले २०७६ असार २३ गते एक सूचना जारी गर्दै पुस २७ गते सम्ममा सो ठाँउ खाली गरिसक्नु पर्ने धम्कीपुर्ण पत्र सकुम्वासीलाई पठाएको थियो । भर्खरै मात्र पनि ७ दिन भित्र घर खालि गरिसक्नु पर्ने भन्दै महानगरले सुकुम्बासीहरुलाई अन्तिम अल्टिमेटम दिएको छ ।
सुकुम्बासीहरुले पनि बासको अन्यन्त्र व्यवस्थापन नगरी त्यस ठाँउलाई नछोड्ने अडान लिएका छन् । सुकुम्बासी आयोगद्धारा समेत सुकुम्वासीको परिचय पत्र पाईसकेको आफुहरुलाई डरधम्कीको भरमा खेदो गर्न नपाईने त्यहाँका सुकुम्वासीहरुको भनाई छ । कानुनतः पनि सुकुम्बासीलाई स्थानतरण गर्नु परेमा सरकारले वैकल्पिक उचित ठाँउको व्यावस्थापन गरी दिनुपर्ने उनीहरुको तर्क छ ।
सुकुम्वासीहरुलाई अनावश्यक डर धम्की दिएको भन्दै बिहिबार नेपाल सुकुम्बासी बिहिन संगठनले महानगरविरद्ध मुख्य बजारमा विरोध प्रद्धशन गर्नुका साथै र‌्याली समेत निकालेका थिए । सुकुम्बासीहरुले आफुलाई अन्यन्त्र ठाँउमा स्थानतरण गरिदिनु पर्ने अन्तिम माग राखेका छन् ।
महानगरले मलामीलाई बाटो साघुरो भएको भन्दै त्यसँ ठाँउको बाटोलाई बिस्तार गर्न खोजिरहेको छ । तर स्रातेका अनुुसार बाटो विस्तार गर्नुको पछि विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली र महानगरका केही कर्मचारीहरुको हिडन इन्ट्रेष्ट रहेको बताईएको छ । त्यस बस्तीले एक ठुलो नंम्बरी जग्गाको मुखलाई छकेको छ, बस्तीले ठुलो जग्गाको मुखलाई नै छेकेपछि भुमाफियाहरुलाई प्लटिङ गर्न आफ्ठ्यारो भइरहेको स्रोतको बुझाई छ । सोही जग्गाको मुखलाई किल्यर बनाउन मेयर पराजुली र भुमाफिया बिच केहि सहमतिहरु भएको स्रोतको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]