१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

अभियानता ईराकीलाई विवेकानंद अवार्ड

Logo

विराटनगर, पुष २८
विराटनगरका युवा अभियानता सक्रिय चाँदबाबु ईराकीले विवेकानंद लिडरसीप अवार्ड प्राप्त गरेका छन् । अतुनिया फाउन्डेसनको आयोजानामा गान्धी मैदान पटना स्थित श्रीकृष्ण बिज्ञान केन्द्रमा स्वामी विवेकानंदको १५७ औ जयन्तीको अवसरमा ईराकीलाई बिबेकानन्द लिडरसीप अवार्ड प्रदान गरिएको हो ।

कन्फरेन्स तथा अवार्ड २०२० कार्यक्रमको अवसरमा उक्त अवसर मा भारत तथा यसका छिमेकी रास्ट्र हरु मा सामाजिक काम मा उल्लेखनीय योगदान पुर्याउने १०१ ब्यक्तीहरुलाई अवार्डद्वारा बिभुषित गरिएको थियो ।

जसमा नेपालबाट बिराटनगरका युवा अभियान्ता चाँदबाबू इराकी समेत परेका थिए । मुख्य अतिथी रामजी प्रसाद तथा फाउन्डेसनका सस्थापक अध्यक्ष प्रशान्त प्रतापले अवार्ड प्रदान गरेका गरेका थिए।

चाँदबाबू तिनै युवा हुन जसले केहि समय अघि मात्र भारतमा सप्पन्न भएको कलाम युथ कन्फरेन्समा नेपालको तर्फबाट अवार्ड प्राप्त गरेका थिए । कुनै समय सामाजीक काम गर्दा गर्दै पनि ओझेलमा परेका इराकी सन् २०१६ मा लियो जिल्ला परिषदको अध्यक्ष भए पश्चात युवा आकर्षणको केन्द्र बनेका थिए ।कुनै पनि काममा निरन्तरको प्रयासबाट मात्र सफलता प्राप्त गर्न सकिने ईराकीको भनाई छ ।
समाचार : आवर विराटनगर डट नेट बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]