२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

ठग वैज्ञानिकले पत्रकार पनि छोडेनन्

Logo

विराटनगर, माघ १
नेपालका बैज्ञानिक दिलिप अधिकारी माथि ठगीको आरोप लागेको छ । वैज्ञानिक अधिकारी सुनसरीको बर्जु गाउँपालिकामा रहेको एभरेष्ट साइन्स सेनटर शान्तीबन का संचालक समेत हुन् । विराटनगरका अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष शिवबहादुर कार्कीले बैज्ञानिक अधिकारीबाट ठगिएको आरोप लगाएका हुन् ।
घटना यस्तो….
वैज्ञानिक अधिकारीले २०६१ कार्तिकमा कार्कीसंग २७ लाख १५ हजार रुपैयाँ सापटी लिएका थिए । एभरेष्ट साइन्स सेन्टर स्थापनाका लागि अधिकारीले आफुसंग सहयोगको याचना गरेपछि राम्रै चिनजान भएकोले आफ्नै घर जग्गा बैंकमा धितो राखेर पैसा सापटी दिएको कार्कीले बताए ।
आफु अमेरिकाको नासामा काम गरेर आएको र आफ्नै ठाउँमा केहि गर्ने चाहना रहेको बताएपछि पत्रकार काकीले वैज्ञानिकलाई पत्याएका थिए ।
कार्कीले विराटनगरको तिनपैनीमा रहेको ३१ धुर जग्गामा बनेको आफ्नो १६ कोठे घर तत्कालिन सिएसआइटी हाल महालक्ष्मी विकास बैंकमा धितो राखेर दिलिपलाई कर्जा उपलब्ध गराइ दिएका थिए । तर आज, १६ वर्ष लागिसक्दा समेत अधिकारीले लिएको सापटी रकम फिर्ता गरेका छैनन् ।

यसबिचमा आफुले पटक पटक अधिकारीसंग उक्त रकम माग गर्दा दिने आश्वासन मात्रै दिएको कार्कीले गुनासो गरे । र अधिकारले दिएको चकहरु पटक पटक बाउन्स हुने गरेको कार्किले पिडा सुनाए ।
अधिकारीले ऋण नतिरेको कारण घर लिलाम हुने चरणमा पुगेपछि २०७३ सालमा आफैंले १ करोड तीन लाख रुपैयाँ तिरेर घरजग्गा उकासेको छोरा सुभाषले बताए ।
बियाज र उकासे घरको मुल्य सहित ८६ लाख रुपैयाँ वैज्ञानिक अधिकारीले कार्कीलाई दिनुपर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]