२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

मोरङका चार उद्योगी व्यापारी माथि छानविन : घिमिरेको शंकास्पद मृत्यु प्रकरण

Logo

विराटनगर, माघ १०
विराटनगरका अडिटर प्रवल घिमिरेको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले मोरङका चार प्रतिष्ठित उद्योगी तथा व्यापारी माथि छानविन शुरु गरेको छ । विराटनगर शनिहाटका नन्दकिशोर राठी, विराटनगरकै सुनचाँदी व्यवसायी अरुण राठी, त्यस्तै विराटनगकै अशोक अटल र उर्लाबारीका नामुद ब्यापारी अनिल महेश्वरी चाण्डक माथि मोरङ प्रहरीले अनुसन्धान शुरु गरेको हो । चाण्डक पूर्व मिस नेपाल निकिता चाण्डकका पिता हुन् ।

यस्तो थियो घटना……
विराटनगर २ निवासी अडिटर प्रवल घिमिरेको शव गत मंगलबार बिहान सिंघीया खोलामा मृत अवस्थामा भेटिएको थियो ।
आठ वर्षयता लेखा परीक्षकको काम गदै आएका घिमिरे सोमबार साँझ उद्योगी नन्दकिशोर राठीले बोलाएपछि उनकै उद्योगमा पुगेका थिए । राति अबेरसम्म घर नआएपछि परिवारले घिमिरेको खोजी गरेको थियो । तर, मंगलबार बिहान उनको शव खोलामा भेटिएको थियो ।
सोमबार साँझ घिमिरेसँग होटलमा बसेर खानपान गरेका चार जना उद्योगी तथा व्यपारीहरु (नन्दकिशोर राठी,अरुण राठी, अशोक अटल र अनिल चाण्डक) माथि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रवलसँग भेट भएका चारैजनालाई तारेखमा राखेर बयान लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाको भनाई छ । घिमिरेको मोबाइल पनि हराएका कारण घटना शंकास्पद रहेको थापाले बताएका छन् ।
ती उद्योगी व्यापारीहरुलाई प्रहरीले निगरानीमा राखी अनुसन्धान गरिहेको छ साथै उनीको मोबाइलको कल डिटेल समेत अनुसन्धानको लागी मगाइएको छ । सडकमा रहेका सीसी क्यामेरा फुटेज पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

घटना विवरण ……
विराटनगरका ठूला ५० हाराहारी कम्पनीको अडिट गर्दै आएका घिमिरे सोमबार साँझ अडिटकै शिलशिलामा नन्दकिसोर राठीले बोलाएपछि उनको उद्योगमा पुगेका थिए । मोटरसाइकल राठीको उद्योगमै राखेर आमाज बेकरी पुगेका थिए ।
त्यहाँबाट नन्दकिशोरले उर्लाबारीका अनिल चाण्डकलाई होटल मुनमा भेट गर्न बोलाएपछि उनीहरू भाटभटेनी सुपरमार्केट हुँदै मुन होटल पुगेका थिए । होटलमा अरुण राठी, अशोक अटलसँग भेटभएपछि एउटै टेबुलमा केही समय बसेर खानपान गरेका थिए ।
त्यसपछि उनीहरू लोटस बार पुगेका थिए । लोटसबाट अनिलको गाडीमा लिफ्ट मागेर आएका प्रवलको मोबाइल एक्कासी अफ भएको थियो । मोबाइल अफ भएपछि उनका आफन्तले रातभर खोजी गरेका थिए । अस्पताल, होटल र सडकमा खोजी गर्दा नभेटिएपछि चिन्तित भएको घिमिरे परिवारले घर आउने बाटो हेरिरहेका थिए । तर मंगलबार बिहान उनको शव खोलामा भेटिएको थियो । अहिले मृतकको भिसेरा जाँचका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]