०९ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

बा ११ च ३३४८ मा को थिए ?

Logo
प्रकाशित सोमबार, माघ २०, २०७६

✍ दिनेश खड्का
काठमाडौं, माघ २०
बिहानको करिब सढे छ बजेको थियो । म कलेजका लागी मोटरसाईकलमा नख्खुबाट पुतलीसडकस्थित आरआर क्यापस तर्फ हानिदै थिए । पहिलो घण्टि छुटिसकेको थियो, दस्रो घण्टीे पनि छुट्ला कि भन्ने डरले म अलिक हतार गरिरहेको थिए ।
नख्खुदेखि एकान्तकुनासम्म एकगतिले म हुइकिई रहेको थिए । एकाएक ट्राफिकका तिन जावनहरु बिच सडकमा उभेको देखे । म भन्दा अगाडि दुईवटा चारचक्के गाडी पनि थिए । सबै भन्दा अगाडिको गाडिलाई ट्राफिकले छेके । आगाडिकाे गाडि राकेपछि पछाडि रहेको आर्को चारचक्के गाडि र त्यसपछि रहेको मेरो मोटरसाईकल पनि लाम्बद्ध भएर रोकियों ।
आगाडिको गाडिलाई ति ट्राफिकले छेके मात्र कुनै केरकार गरेनन् । किनभने ट्राफिकको निशाना पछाडिको गाडि बा ११ च ३३४८तर्फ रहेछ । पछाडिको गाडि भाग्ने सम्भावना देखेपछि ति ट्राफिकले आगाडिको गाडिलाई छेकेर पछाडिको गाडी रोकेका रहेछन् ।
आगाडिको गाडिलाई केरकार नगरी पठाएरपछि ति  ट्राफिक प्रहरी पछाडीको गाडि बा ११ च ३३४८ टोयटा ईटस तर्फ  निकै झोक्किदै पुगे । ट्राफिक जावन रन्केको देखेर म मनमनै ठ्टिए “आज त सलमान खानको दबंग फिल्म ज्यावाखेलको बिच सडकमा देख्न पाईने भो ”
भागीरहेको कुखुरालाई पक्डन जसरी दुई हात फैलाएर कुखुराको बाटो छेकिन्छ, ठ्याक्कै त्यसै गरी ति ट्राफिक दुई हात फैलाएर छेक्नलाई बा ११ च ३३४८ आगाडि पुगे । र गाडिको ड्राईभरलाई झम्टिुला झैं गरी गाडिको ढोका तर्फ लागे ।
त्यो गाडीवालाले ट्राफिक नियम उल्लेघन गरेर वा कुनै अपराध गरेर भाग्न खोजेकोले ट्राफिकले पक्रन खोजेको मैले अनुमान काडे । ट्राफकले इसारा गर्दै डाइभरलाई ढोका खोल्न भन्यो । ट्राफिक निकै हत्तार गरिरहेका थिए । ढोका खोल्नुसाथ झ्म्टुला भन्ने सायद ति ट्राफिक पुलिसको चाहना थियो । ड्राईभरले बडो धैर्यताका साथ विस्तारै ढोका खोले । ट्राफिक सुर्किएर ढोका तर्फ झुक्दै ति ड्राईभरलाई हेरे । ट्राफक जावनले ति ड्राईभरलाई देख्ना साथ सिधा उभिए, हात उचाले र जय नेपाल भन्दै सालम ठोके । त्यसो दृश्य देख्ना साथ मैले गाडि नंब्बर नोट गरिहाले ।
मलाई सर्ट मुभि हेरेजस्तो अनुभुति भयो । म हेरेको हेरै भए । सलाम खाना साथ गाडि हुत्एिर कुपोण्डोलतर्फ हुईकियो । मैले धैरै पछ्याउन सकिन । गाडि मेरो नजरबाट फुत्कियो ।
त्यसपश्च्यात मैले यस विषयमा केही लेख्नुपर्छ भन्ने निधो गरे । गाडि भित्र को थियो ? ति व्यक्तिले के विराएकाे थिए र  ट्राफिक उनको पछि लागेको थियो जस्ता धेरै प्रश्नहरु मेरो मनमा खेली रहेका थिए । र समाचार लेख्नका लागी पनि यी सुचनाहरु मलाई आवश्यक थियो ।
तर फेरी मैले सोचे गाडि भित्र जो सुकै होस् । राष्ट्रिपति,प्रधानमन्त्री वा अन्य कोही भिआईपी । जो भएपनि शक्तिको आडमा छुट्कारा कसैले पाउनु हुन्न । नेपालको कानुन सबैलाई बराबर हो । जो कोही भएपनि गल्ती गर्नेलाई कारवाही हुनुपर्थो भन्ने मैले निश्कर्ष निकाले ।
समाचार लेख्नलाई अरु धेरै सुचनाहरु संकलन गरिरहुन पर्छ भन्ने मैले ठानिन । जे देखे सर.. सर.. लेखे ।
आशा गरेको छु, ति महापुरुषले के भएको हो भन्ने विषयमा मलाई पक्का बताउनु हुनेछ । र आर्काे आर्टिकल उनैको भनाईको आधारमा लेख्ने प्रतिक्षा गर्दैछु ।
घटना २०७६ माघ २० सोमबारको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]