०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बा ११ च ३३४८ मा को थिए ?

Logo

✍ दिनेश खड्का
काठमाडौं, माघ २०
बिहानको करिब सढे छ बजेको थियो । म कलेजका लागी मोटरसाईकलमा नख्खुबाट पुतलीसडकस्थित आरआर क्यापस तर्फ हानिदै थिए । पहिलो घण्टि छुटिसकेको थियो, दस्रो घण्टीे पनि छुट्ला कि भन्ने डरले म अलिक हतार गरिरहेको थिए ।
नख्खुदेखि एकान्तकुनासम्म एकगतिले म हुइकिई रहेको थिए । एकाएक ट्राफिकका तिन जावनहरु बिच सडकमा उभेको देखे । म भन्दा अगाडि दुईवटा चारचक्के गाडी पनि थिए । सबै भन्दा अगाडिको गाडिलाई ट्राफिकले छेके । आगाडिकाे गाडि राकेपछि पछाडि रहेको आर्को चारचक्के गाडि र त्यसपछि रहेको मेरो मोटरसाईकल पनि लाम्बद्ध भएर रोकियों ।
आगाडिको गाडिलाई ति ट्राफिकले छेके मात्र कुनै केरकार गरेनन् । किनभने ट्राफिकको निशाना पछाडिको गाडि बा ११ च ३३४८तर्फ रहेछ । पछाडिको गाडि भाग्ने सम्भावना देखेपछि ति ट्राफिकले आगाडिको गाडिलाई छेकेर पछाडिको गाडी रोकेका रहेछन् ।
आगाडिको गाडिलाई केरकार नगरी पठाएरपछि ति  ट्राफिक प्रहरी पछाडीको गाडि बा ११ च ३३४८ टोयटा ईटस तर्फ  निकै झोक्किदै पुगे । ट्राफिक जावन रन्केको देखेर म मनमनै ठ्टिए “आज त सलमान खानको दबंग फिल्म ज्यावाखेलको बिच सडकमा देख्न पाईने भो ”
भागीरहेको कुखुरालाई पक्डन जसरी दुई हात फैलाएर कुखुराको बाटो छेकिन्छ, ठ्याक्कै त्यसै गरी ति ट्राफिक दुई हात फैलाएर छेक्नलाई बा ११ च ३३४८ आगाडि पुगे । र गाडिको ड्राईभरलाई झम्टिुला झैं गरी गाडिको ढोका तर्फ लागे ।
त्यो गाडीवालाले ट्राफिक नियम उल्लेघन गरेर वा कुनै अपराध गरेर भाग्न खोजेकोले ट्राफिकले पक्रन खोजेको मैले अनुमान काडे । ट्राफकले इसारा गर्दै डाइभरलाई ढोका खोल्न भन्यो । ट्राफिक निकै हत्तार गरिरहेका थिए । ढोका खोल्नुसाथ झ्म्टुला भन्ने सायद ति ट्राफिक पुलिसको चाहना थियो । ड्राईभरले बडो धैर्यताका साथ विस्तारै ढोका खोले । ट्राफिक सुर्किएर ढोका तर्फ झुक्दै ति ड्राईभरलाई हेरे । ट्राफक जावनले ति ड्राईभरलाई देख्ना साथ सिधा उभिए, हात उचाले र जय नेपाल भन्दै सालम ठोके । त्यसो दृश्य देख्ना साथ मैले गाडि नंब्बर नोट गरिहाले ।
मलाई सर्ट मुभि हेरेजस्तो अनुभुति भयो । म हेरेको हेरै भए । सलाम खाना साथ गाडि हुत्एिर कुपोण्डोलतर्फ हुईकियो । मैले धैरै पछ्याउन सकिन । गाडि मेरो नजरबाट फुत्कियो ।
त्यसपश्च्यात मैले यस विषयमा केही लेख्नुपर्छ भन्ने निधो गरे । गाडि भित्र को थियो ? ति व्यक्तिले के विराएकाे थिए र  ट्राफिक उनको पछि लागेको थियो जस्ता धेरै प्रश्नहरु मेरो मनमा खेली रहेका थिए । र समाचार लेख्नका लागी पनि यी सुचनाहरु मलाई आवश्यक थियो ।
तर फेरी मैले सोचे गाडि भित्र जो सुकै होस् । राष्ट्रिपति,प्रधानमन्त्री वा अन्य कोही भिआईपी । जो भएपनि शक्तिको आडमा छुट्कारा कसैले पाउनु हुन्न । नेपालको कानुन सबैलाई बराबर हो । जो कोही भएपनि गल्ती गर्नेलाई कारवाही हुनुपर्थो भन्ने मैले निश्कर्ष निकाले ।
समाचार लेख्नलाई अरु धेरै सुचनाहरु संकलन गरिरहुन पर्छ भन्ने मैले ठानिन । जे देखे सर.. सर.. लेखे ।
आशा गरेको छु, ति महापुरुषले के भएको हो भन्ने विषयमा मलाई पक्का बताउनु हुनेछ । र आर्काे आर्टिकल उनैको भनाईको आधारमा लेख्ने प्रतिक्षा गर्दैछु ।
घटना २०७६ माघ २० सोमबारको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]