२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

१० रुपैयाँमा भरपेट भात खुवाउने धडेवा सम्मानित

Logo

विराटनगर, फागुन २
भरपेट अभियानका संचालक समाजसेवी दिलीप धाडेवालाई भारत नेपाल समाजिक संस्कृति मंचले सम्मान गरेको छ । शुक्रबार मंचले विराटनगरमा एक कार्यक्रममको अयोजना गरी धडेवालाई सम्मान गरेको हो ।
धडेवाले विराटनगरमा विगतको दुई महिनादेखि १० रुपैयाँमा भरपेट भात खुवाउँने अभियान स‌चालन गर्दै आएका छन् । गरिब दुखीलाई सस्तोमा भरपेट भोजन गराउनु अभियानको मुल उद्देश्य रहेको अभियान्ता धेडेवा बताउछन् । धडेवाको उक्त कार्यवाट प्रेरित भएर विभिन्न व्यक्तिहरुले देशका विभिन्न ठाँउमा अहिले सोहि खाल्को अभियान संचालन गरिरहेका छन् ।
१० रुपैयाँमा एक कप चिया पाउने मुस्किल रहेको वर्तमान अवस्थामा भरपेट भात खुवाउनु ठुलो कुरा हो भन्दै कार्यक्रमा मंचका अध्यक्ष रजेश शर्माले समाजसेवी धडेवाको प्रसंशा गरे ।
राजपाका मोरङ जिल्ला अध्यक्ष समेत रहेकां भरपेटकै अर्का अभियानता महमद कादीरले समाजमा कोही पनि भोको नरहोस् भन्ने भरपेट अभियानको उद्देश्य रहेको बताए ।
कार्यक्रममा भारतको आशियान इंटरनेशनल जार्नलिस्ट काउंन्सिलका प्रतिनिधि मेराज सिद्धकी, मधेशी नागरिक समाजका अध्यक्ष सूर्यनाथ सिंह, मंचको अध्यक्ष राजेशकुमार शर्मा र सचिव निर्मला देवले संयुक्त रूपमा दोसल्ला ओडाएर समाजसेवी धाडेवालाई सम्मान गरेको थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]