१७ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

कोरोनाको आशंका भन्दै विराटनगरमा आतंक

डाक्टरकै अभिव्यक्तिले मच्यायो आतंक
Logo

विराटनगर,फागुन ३०
कोरोना भाइरस संक्रमणको आशंकामा दुई बिरामीलाई आज कोशी अञ्चल अस्पताल विराटनगरले धरान रेफर गरेको छ । कोरोना संक्रमणको आशंकामा विरामीहरु रेफर भएसँगै यो खबर विराटनगरमा अहिले आगो–सरी फैलिएको छ ।
कोशी अस्पतालले ति विरामीहरुको परिचय गोप्य राखेको छ । कोरोनाको आशंका गरिएको ति विरामीहरु केही समय अघि मात्र विदेशबाट आएको बुझिएको छ । ज्वरो, रुघाखोकीको लक्ष्यण देखिएपछि शंका लागेर आइसोलेसन वार्डमा रेफर गरिएको अस्पतालको भनाई छ ।
कोशीकी मेसु डा. संगिता मिश्रले उनीहरुलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएकोे पुष्टि गरेकी छन् । तर सर्वजनिक रुपमा गरिएको यो पुष्टि, विराटनगरमा परालमा लागेको आगो झैं फैलिएको छ ।
कोरोना भइरस विराटनगरसम्म प्रवेश गरिसेकेको भन्दै अहिले सर्वसाधरणहरु त्रासित छन् । आंशिक सुचना पाएकाका मानिसहरुले अहिले यो खबरलाई आफ्नै ढंगले व्याख्या गर्न थालिसकेका छन् । आस्पताल आसपासका वासिन्दा तथा व्यापारीहरु त्यसक्षेत्रमा बस्नु उपयुक्त होला वा नहोला भनी बहस गरिरहेका छन् ।
समग्र विराटनगरवासी अब कारोना आफ्नै घरआगनसम्म आईपुग्ने त होइन भन्ने कुरामा चिन्तित छन् ।
डाक्टरकै अभिव्यक्तिले मच्यायो आतंक
रोग पुष्टि हुनुभन्दा अघि कोरोनाको आशंका भनेर सार्वजनिक रुपमा वक्त्व्य दिनु डाक्टरहरुको लापरवाही भएको जानकारहरु बताउछन् । डाक्टरले सार्वजनिक रुपमै बोलेको कारण अहिले तिलको पहाड बन्न पुगेको छ र आम जनमानिसमा त्रासको वातावरण पैदा हुन थालेको छ ।
कोरोनाको आशंका भन्दै कोशीकी मेसु डां संगिता मिश्र र कोशीकै डा. लक्ष्मीनारायण यादवले सार्वजिनिक रुपमा मिडियालाई जानकारी दिएका थिए । यसरी रोग पुष्टि नभईकन सुचना प्रवाह गर्नु अस्पतालको गम्भीर लापरवाही हो । पत्रपत्रिकाको हेडलाइनमा आउन र सस्तो लोकप्रियता कमाउनका लागी डाक्टरहरुले यस्तो हल्ला फैलाएको बुद्धिजिवी वृतमा अहिले चर्चा चलिरहेको छ । एक बुद्धिजिबि भन्छन् “कोरोना भएपनि नभएपनि डाक्टरहरु चर्चामा आईहाले, अब कोराना पुष्टि भए डाक्टर थप हाईलाइटमा आउछन् नभए कुरा सेलाएर जान्छ” उनले थपे “रोग पुष्टि नभईकन यसरी सार्वजनिक रुपमा डाक्टरहरुले बोल्नु राम्रो कुरा होइन, शंकाले लंका डराउन सक्छ, सर्वसाधरणलाई आतंकित पार्नुहुदैन्थयो “

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]