३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

कोरोनाको आशंका भन्दै विराटनगरमा आतंक

डाक्टरकै अभिव्यक्तिले मच्यायो आतंक
Logo

विराटनगर,फागुन ३०
कोरोना भाइरस संक्रमणको आशंकामा दुई बिरामीलाई आज कोशी अञ्चल अस्पताल विराटनगरले धरान रेफर गरेको छ । कोरोना संक्रमणको आशंकामा विरामीहरु रेफर भएसँगै यो खबर विराटनगरमा अहिले आगो–सरी फैलिएको छ ।
कोशी अस्पतालले ति विरामीहरुको परिचय गोप्य राखेको छ । कोरोनाको आशंका गरिएको ति विरामीहरु केही समय अघि मात्र विदेशबाट आएको बुझिएको छ । ज्वरो, रुघाखोकीको लक्ष्यण देखिएपछि शंका लागेर आइसोलेसन वार्डमा रेफर गरिएको अस्पतालको भनाई छ ।
कोशीकी मेसु डा. संगिता मिश्रले उनीहरुलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएकोे पुष्टि गरेकी छन् । तर सर्वजनिक रुपमा गरिएको यो पुष्टि, विराटनगरमा परालमा लागेको आगो झैं फैलिएको छ ।
कोरोना भइरस विराटनगरसम्म प्रवेश गरिसेकेको भन्दै अहिले सर्वसाधरणहरु त्रासित छन् । आंशिक सुचना पाएकाका मानिसहरुले अहिले यो खबरलाई आफ्नै ढंगले व्याख्या गर्न थालिसकेका छन् । आस्पताल आसपासका वासिन्दा तथा व्यापारीहरु त्यसक्षेत्रमा बस्नु उपयुक्त होला वा नहोला भनी बहस गरिरहेका छन् ।
समग्र विराटनगरवासी अब कारोना आफ्नै घरआगनसम्म आईपुग्ने त होइन भन्ने कुरामा चिन्तित छन् ।
डाक्टरकै अभिव्यक्तिले मच्यायो आतंक
रोग पुष्टि हुनुभन्दा अघि कोरोनाको आशंका भनेर सार्वजनिक रुपमा वक्त्व्य दिनु डाक्टरहरुको लापरवाही भएको जानकारहरु बताउछन् । डाक्टरले सार्वजनिक रुपमै बोलेको कारण अहिले तिलको पहाड बन्न पुगेको छ र आम जनमानिसमा त्रासको वातावरण पैदा हुन थालेको छ ।
कोरोनाको आशंका भन्दै कोशीकी मेसु डां संगिता मिश्र र कोशीकै डा. लक्ष्मीनारायण यादवले सार्वजिनिक रुपमा मिडियालाई जानकारी दिएका थिए । यसरी रोग पुष्टि नभईकन सुचना प्रवाह गर्नु अस्पतालको गम्भीर लापरवाही हो । पत्रपत्रिकाको हेडलाइनमा आउन र सस्तो लोकप्रियता कमाउनका लागी डाक्टरहरुले यस्तो हल्ला फैलाएको बुद्धिजिवी वृतमा अहिले चर्चा चलिरहेको छ । एक बुद्धिजिबि भन्छन् “कोरोना भएपनि नभएपनि डाक्टरहरु चर्चामा आईहाले, अब कोराना पुष्टि भए डाक्टर थप हाईलाइटमा आउछन् नभए कुरा सेलाएर जान्छ” उनले थपे “रोग पुष्टि नभईकन यसरी सार्वजनिक रुपमा डाक्टरहरुले बोल्नु राम्रो कुरा होइन, शंकाले लंका डराउन सक्छ, सर्वसाधरणलाई आतंकित पार्नुहुदैन्थयो “

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]