२१ पुष २०८२, सोमबार
05-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपाल सरकारको ६ वेबसाइट ह्याक

Logo
प्रकाशित आइतबार, साउन १२, २०७६

काठमाडौँ, श्रावण १२
सरकारी डोमेनमा दर्ता ६ वटा वेबसाइट ह्याक भएको छ । ह्याक हुनेमा सहरी विकास मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र केन्द्रीय बीऊ बिजन परीक्षण प्रयोगशालाको वेबसाइट रहेको छ ।
आइतबार दिउँसो फेमिली अट्याक साइबर नामक फेसबुक पेजमार्फत जानकारी सार्वजनिक गरिएको छ । दिउँसो सवा २ बजे पोष्ट गरिएको जानकारी अनुसार डट जीओभी डट एनपी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएको खुलाइएको छ । यी वेबसाइट खोलेर क्लिक गर्दा फेमिली अट्याक साइबर नामक फेसबुक पेजको लिंक खुल्छ । यी वेबसाइट अहिले खुल्दैनन् । अध्ययन अनुसार सन् २०१७ मा मात्रै एकसय ६० वटा सरकारी वेबसाइट ह्याक भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]