२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

काेराेना रोकथामका लागी मेलम्चीका वडाध्यक्ष सक्रिय

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

काठमाडौं, चैत १८
सिन्धुपालचाेक,मेलम्ची नगरपालिकाको वडास्तरमा कोरोना संम्बन्धि जनचेतना विद्धि गरिएको छ । मेलम्ची नगरपालिकाका वडाअध्यक्षहरु आफै प्रत्यक्ष रुपमा जनचेतना फैलाउने काममा अहिले अहोरात्र खटिरेहका छन् ।
मेलम्चीका वडा नं ८ का अध्यक्ष ठंकराज गिरी वडाको कुनाकुनमा पुगि अहिले कोरोना सम्बन्धि जनचेतना फैलाउदै छन् । मास्क लगाउने फाईदा र हात सही तरीकाले कसरी धुने आफ्नो वडावासीलाई वडाध्यक्ष गिरीले सिकाउदै छन् । उनले चाँडैनै सम्पुर्ण वडावासीलाई निशुल्क हातधुने साबुन समेत वितरण गर्ने याेजना पनि बनाएका छन् । वडाध्यक्ष गिरी भन्छन् “म एक जनप्रतिनिधी भएकोले स्वभावैले म मा वडाबासीको भरोसा र जिम्मेवारी काँधमा छ , अन्तिम सास रहेसम्म वडावासीको लागी काम गर्ने हो”

वडामा कोही कोरोना लक्ष्यण भएका व्यक्ति देखा परे तत्काल आईसोलेशनमा राख्ने तयारी वडाअध्यक्ष गिरीले गरिसकेका छन् । ज्वारो नाप्ने थर्मोमिटर र आवश्यक अन्य औषधीको लागी नगरपालिकासँग समन्वयन गरिरहेको वडाध्यक्ष गिरीले बताएका छन् ।

यस्तो अवस्थामाा आ आफूले सकेको क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने भन्दै सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालीका वडा नं. ८ का वडा अध्यक्ष ठंकराज गिरीले आफ्नो वडा बासीलाई तत्कालको लागी चाहिने  केहि अतिआवश्यक औसधि वडामा उपलब्ध भएको बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]

काठमाडौं , १० मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। […]