०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बलात्कारको घटना झण्डै पर्याे ओझेलमा

घटना बाहिर नल्याउन पञ्चायतको दबाव , प्रहरीले गर्यो घटनाको पर्दाफास
Logo

विराटनगर, साउन १३
अशक्त किशोरीलाई सामूहिक बलात्कार गर्ने अभियोगमा दुई जानालाई प्रहरीले प्रक्राउ गरेको छ ।
उक्त घटना संलग्न भएको भन्द प्रहरीले रङ्गेली ९ संखुवाथान बस्ने २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार अर्का अभियुक्त २३ वर्षीयका सुनील चौधरी भने फरार छन् । प्रक्राउ परेका दुईजनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको र फरार चौधरीको भने खोजी भईरहेको मोरग प्रहरीले जानकारी दिएको छ ।
पीडीत पक्षका अनुसार गत असार २० गते मोरङको रंगेली नगरपालिका–९ सखुवाथान बस्ने १६ वर्षीय अशक्त किशोरीलाई तीनजनाले सामूहिक बलात्कार गरेका थिए । त्यस लगतै गाउँमै भएको पञ्चायतीले १ लाख ५० हजार क्षतिपूर्ति उपलब्ध गराईदिने सहमति गराउदै पीडित परिवारलाई घटना बाहिर नल्याउन दबाव दिए ।
मिलापत्र गरी घटना सामसुम पार्न खोजीएको थाहपाए लगतै प्रहरीले आफ्नो कारवाही अगाडी बढाएको थियो । प्रारभिक अनुसन्धानका अनुसार अभियुक्तहरुले राति करिब ८\९ बजेको समयमा शौचालय गर्न निस्किएकी किशोरीलाई घर नजिकैको धान कुट्ने मिलमा लगेर सामूहिक बलात्कार गरेको थिए । अशक्त किशोरीको श्रवण र वाक श्रमता सुस्म रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]