२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

मुख्यमन्त्रीकै अगाडि सेनाका कमाण्डरले उडाए चुरोटको धुवाँ

Logo

विराटनगर, वैशाख १७
नेपाली सेनाका पुर्व क्षेत्रका कमाण्डर उपरथी अनन्त कार्कीले बर्दिमै मुख्यमन्त्रीको अगाडि दनदनी चुरोट तानेर सेना अनुसाशनको खिल्ली उडाएका छन् ।
शनिबार, प्रदेश १ का मुख्यमन्त्री शेरधनराईको टोली कोरोनाको प्रभाव निरक्षण गर्न उदयपुर जिल्ला पुगेको थियो । मुख्यमन्त्री राईसहित प्रदेश १ का अन्य दुई मन्त्री पनि निरिक्षण टोलीमा सहभागी थिए । उक्त निरिक्षण टोलीले उदपुरको कटारीमा सरोकारवालाहरुसँग कारोनाको विषयमा छलफल समेत गरेको थियो, सोही कार्यक्रममा उपरथी कार्कीले बार्दीमै दनदनी चुरोटको धुवा उडाएका थिए ।
छलफल टोलीमा मुख्यमन्त्री शेरधन राई, अन्तरीक मालिला मन्त्री हिकमत कार्की, समाजिक विकास मन्त्री जिवन घिमीरे, कटारीका मेयर ग्यानेन्द्र श्रेष्ठ ,उपमेयर भिमकुमारी राउत तथा पत्रकारहरुको समेत उपस्थिती रहेको थियो । जनप्रतिनिधिहरु सहितको यति ठुलो भेलामा बर्दिधारी सेनाले चुरोट तान्नु सेना अनुसाशन विपरित हो । उपरथी कार्कीको उक्त आशोभनिय हर्कतले नेपालको सुर्तिजन्य एनेलाई समेत आकर्शीत गरेको छ ।
सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन (२०६८) अनुसार धुम्रपान वा सुर्ति सेवन गर्ने ब्यक्ति सार्बजानिक स्थलसंग सम्बन्धित वा कर्मचारी भएमा धुम्रपान वा सुर्तिसेवन गर्न तुरुन्त रोक लगाउने ,पटक पटक धुम्रपान सेवन गरेमा अनुशासानमा नरहेको प्रमाण्ति गरी निजको सेवा सम्बन्धि सचेत गराउने वा अन्य बिभागीय कार्वाहि गर्नुपर्ने ब्यवस्था रहेको छ ।
उक्त विषय नेपालकै चर्चित कार्यक्रम “सिधा कुरा जनतासँग” मा समेत प्रशारण भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]