०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अवैध मदिरा ओसार्न प्रयोग भएका सावारीसाधनहरु छुटाउन मदिरा कारोवारी सक्रिय

Logo

विराटनगर, बैशाख २७
मोरंगमा अवैध मदिरा असार्न प्रयोग भएको चारवटा सवारी साधन छुटाउन मदिरा कारोवारीहरु सक्रिय भएका छन् । वैशाख २४ गते ग्रामथान गाँउपालिकाको झोडाहाटबाट ठुलो परिमाणमा अवैध मदिरा ओसार्दै गर्दाको अवस्थामा ति सवारीसाधनहरु प्रहरीले पक्राउ गरेको थियो । मदिरा लिएर आउँदै गरेकी वेलवारी नगरपालिका वडा नम्बर ११ वस्ने रिता राई र पवि राईलाई समेत प्रहरीले तत्काल नियन्त्रमा लिएको थियो ।
पक्राउ परेको मदिराको परिमाण १३ सय लिटर थियो भने उक्त मदिरा ओसार्न दुईवटा मारुती भ्यान, एक आटो र एक स्कुटी प्रयोग भएका थिए । हाल मदिरा कारोवारीहरु पक्राउ परेको सवारीसाधनलाई छुटउन विभिन्न शक्तिकेन्द्र धाईरहेको बुझिएको छ । उनीहरुले विभिन्न व्यक्तिको सोर्सफोर्स लागाई प्रहरी तथा राजस्व कार्यलयलाई दाबाव दिइरहेको र सकेसम्म सबै सवारी साधन छुटाउन प्रयत्न गरिरहेको स्रोत बताउँदछ ।
कानुनमा अवैध मदिरा ओसार्न पक्राउ परेको सवारीसाधनहरु जफत हुने व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]