०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

जन उत्तरदायी बन्दै जनप्रतिनिधि

Logo

मेलम्ची, वैशाख ३०

विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण परेको सङ्कटबाट नेपाल पनि अछुतो रहन सकेन । देश डेढ महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ । बन्दाबन्दीको बाबजुद पनि यस रोगको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । यो महामारीको सम्भावित सङ्क्रमणको रोकथाममा राज्यका सबै निकाय आ–आफ्नो जिम्मेवारी र प्रयासमा सक्रिय छन् ।

अहिले विश्व नै कोरोना प्रकोप संग जुधिरहेको छ अनि यसको अग्रिम मोर्चामा रहेका छन स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी , संचारकर्मी र त्यस मोर्चाको कमान्डर बनेर सक्रिय बनेका छन जनताका प्रतिनिधि। धेरै देशका राष्ट्र प्रमुखहरु नै संक्रमित बने पनि यस प्रकोपलाई परास्त गर्नका लागि डटिरहेका छन।अदृश्य शत्रु संगको लडाईमा जनताको सेवामा नेपालका जनप्रतिनिधिहरु पनि सक्रिय रहेका छन्। न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरा गर्न लागिरहेका जनप्रतिनिधि मध्ये एक सक्रिय जनप्रतिनिधि हुन् मेलम्ची नगरपालिका वडा नं ८ का वडा अध्यक्ष ठंकराज गिरी । जहाँ कठिनाइ छ, त्यहाँ जनप्रतिनिधि भन्ने बिचारलाइ आत्मसाथ गर्दै स्थानीयको सहयोगमा कोरोना जोखिम न्यूनीकरणका लागि आफ्ना सहयात्री वडा सदस्य सहित स्थानीय संग अहोरात्र खटिरहेका उनले राहत वितरण ,औषधि वितरण,हात धुने सामग्री व्यवस्थापन ,सामाजिक दुरी कायम गराउने ,स्वास्थ्य जांच संग संगै नगर तथा वडावासी जनतालाई आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका छन ।

विपदमा जनताको सेवा गर्ने गहन दायित्व बोकेको वडाअध्यक्ष  गिरीले संकटको बेलामा आ आफ्नो ठाउ बाट जे सकिन्छ त्यो गर्न अनुरोध गर्दै सामाजिक दायित्वबाट नभाग्न सबैलाई अनुरोध गरेका छन् ।केन्द्र सरकारले कोरोना भाइरस विरुद्ध कार्य सुरु गरेदेखि आफु र आफ्ना सहकर्मी जनप्रतिनिधीहरु सधै सगैं वडाबासीहरुलाइ पर्न सक्ने समस्या अफ्ठ्यारोलाइ समाधान गर्नको लागि नियमित सम्पर्कमा रहेको बताउने उनले वडा बासीलाई सामजिक दुरी कायम गर्न अनुरोध गरेका छन् । कोरोना सङ्क्रमणको शुरुमा स्वास्थ्य विज्ञले कोरोना भाइरसबाट बच्न साबुनपानीले हात धुने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाड नगर्ने, सामाजिक दूरी कायम गर्न सुझाए पनि त्यो बेला नागरिकमा चेतना आइनसकेको बताउदै त्यसको लागि ब्यापक जनचेतना जगाउने काममा सबैको सहयोग प्राप्त भएको बताए।

आफ्नो वडाबाट अस्थायी रूपमा काठमाडौँ बसोबास गर्दै आएका जनताहरुको समस्यालाई मध्य नजर गर्दै अध्यक्ष गिरीले आफ्नै पहलमा गाउँ आउन चाहनेलाई आफै काठमाडौ गएर ५० जना भन्दा बढी आफ्ना वडाबासीहरुलाई काठमाडौदेखि गाउँसम्म ल्याउने काम गरे । त्यति मात्रै होइन लामो समयसम्म लकडाउनका कारण १ सय जना भन्दा बढी दिर्घ रोगिहरु कोरोना भाईरस रोगको कारणले भन्दा पनि नियमित रूपमा सेवन गर्दै आएको औषधि खान नपाउदा समस्या आउने भएपछी अध्यक्ष गिरीले पहिलो चरणमा तत्कालै १५ दिनको स:शुल्क औषधि ल्याएर वितरण गरे । त्यसको केही समय पछी नगरपालिका सङ समन्वय गरेर आफै काठमाडौ गई एक महिनाको लागि नि:शुल्क औषधि ल्याई वितरण गरे । वितरण गर्ने क्रममा एउटै ब्यक्तिले २२ हजारसम्म पर्ने औसधि नि: शुल्क प्राप्त गरे ।औषधि वितरणको क्रममा मेलम्चीनगर प्रमुख श्री डम्बरबहादुर अर्यालले समेत सहभागी जनाउनु भएको थियो ।

जनप्रतिनिधिहरुको रोबरमा बन्दाबन्दी पालना गराउन माइकिंग गर्नेदेखि राहत वितरणमा समेत खटिएका उनले लकडाउनका कारण प्रभावित बिपन्न दैनिक ज्यालादारी गर्ने श्रमिकहरुको पहिचान गरि राहत उपलब्ध गराएको बताए । उनले वडा नं ८ मा विदेशबाट आएको ४ जनाको स्वास्थ्य परिक्षण गरिएको जानकारी दिदै अध्यक्ष गिरीले कसैको पनि पोजेटिभ नदेखिएको बताए । अहिले सम्म वडाबाट ५१ घरका करिव १ सय जना भन्दा बढीलाई राहत वितरण गरिएको जानकारी गराउदै त्यसमा पनि सहयोगी दाता बाट प्राप्त सहयोगको आधारमा राहत कुपन वितरण गरिएको बताए ।

कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन लागू गरे सँगै बाहिरी जिल्लाबाट आई काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्नेहरुलाइ राहत उपलब्ध गराएको बताए । उनले विषम परिस्थितिमा आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी वडालाइ निस्वार्थ रुपमा सहयोग गरेका स्वयं सेवकहरु, जन प्रतिनिधि, कर्मचारी सुरक्षाकर्मी स्वास्थ्यकर्मी, विपद व्यवस्थापन टोलि, स्थानीय संघ सस्था तथा सहयोगी दाता सहित स्थानीयहरुले गरेको सहयोग प्रति आभार ब्यक्त गर्दै भबिष्यमा पनि त्यस्तै सहयोगको अपेक्षा गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]