३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कोरोनाले भन्दा बढी अवैध मदिराले ज्यान जाने खतरा

नेपालमा
Logo

काठमाडौं, जेठ ७
सक्कली मदिरा उत्पादन हुन छोडेपछि नेपाली बजारमा नक्कली मदिराले व्यापकता पाएको छ । लकडाउनभर सरकारले मदिरा बिक्रिबितरण गर्न प्रतिबन्ध लगाएपछि उद्यागीहरुले समेत मदिरा उत्पादन बन्द गरेका छन् । सोही मौकाको फाईदा उठाउदै दुई नम्बरी गर्नेहरुले नक्कली मदिरा उत्पादन गरी नेपाली बजारमा सप्लाई गरिरहेका छन् । र उक्त मदिरा अहिले नेपाली बजारमा लुकाईछिपाई बिक्रिबितरण भईरहेको छ ।
समोबार, ५ सय ३० बोतल नकक्ली रक्सी सहित एक युवक विराटनगरबाट पक्राउ परेपछि नक्कली रक्सीले नेपाली बजारमा पाएको व्यापक्ताबारे खुलासा भएको हो । श्रवन मुख्या नाम गरेका २४ वर्षिय ति युवक नक्कली मदिरा बनाउने समाग्री सहित विराटनगर ६ स्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । मुखियाले खासगरी सस्तो रक्सीमा रंग र क्यामिकलहरु मिसाई महंगो रक्सीको बोलतमा हालेर बिक्रिवितरण गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।
मुखियाको बयान
सबैभन्दा डरलाग्दो कुरा मुखियाले प्रहरीलाई दिएको बयान हो । मुखियाले प्रहरीलाई दिएका बयानमा बजारभरी यस्तो काम गर्ने मानिसहरु छ्याप्छ्यात रहेको बताएका छन् । नक्कली मदिरामा प्रयोग हुने रंग र क्यामिकलहरु प्राण घातक हुदछ । यदी श्रावनले भने जस्तै प्राणघातक नक्कली रक्सी बनाउने मान्छेहरु बजारमा छ्यापछ्याप्ती छन् भने त्यस्ता गिरोहलाई प्रक्राउ गरी तत्काल त्यस्तो धन्धा बन्द गराउन जरुरी छ, अन्यथा विराटनगरको हालत पनि जनकपुरजस्तै हुनेछ । गत चैत्र महिनामा जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ७ को मुसहरी टोलमा नक्कली मदिरा सेवन गर्दा १५ जनाको मृत्यु भएको थियो ।

घरेलु मदिराले पनि प्रसय पायो
हाल सक्कली मदिरा उत्पादन हुन छोडेपछि नेपाली बजारमा घरेलु मदिराको माग बढेको छ । पछिल्लो समय ठुलो मात्रामा घरेलु मदिरा उत्पादन तथा ओसारपोसार भइरहको छ । गत वैशाख २४ गते मात्र १३ सय लिटर घरेलु मदिरा सहित करोवारीहरुलाई मोरगको ग्रामथानबाट प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्यका लागी हानिकारक हुने भएकाले सरकारले घरेलु मदिरा बिक्रिवितरणमा पुर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

खाने मुखलाई जुंगाले छेक्दैन
राक्सी खानेलाई कसैले वा केहि कारणले पनि रोक्न सक्दैन । सक्कली नपाए नक्कली, नक्कली नपाए घरचुवा जसरी पनि सेवनकर्ताले आफ्नो डोज पुर्याउदछ । यो कुरालाई सरकारले बुझ्न जरुरी छ, लकडाउन भनेकै भरमा रक्सीको लत हट्न सक्दैन । तसर्थ यस्तो अवस्थामा सरकारले सेवनकर्ताहरुलाई सकेसम्म हानिकारक मदिरा सेवन गर्नबाट जोगाउन सक्नु पर्दछ । हानिकारक मदिरा सेवन गर्नेबाट नगारिकलाई वञ्चित गराउनु सरकारको दायीत्व पनि हो । यो दायीत्व पुरा गर्न राज्यले नक्कली र घरेलु मदिरा पुर्णरुपमा बन्द गराउन सक्नु पर्छ । र केही हदसम्म सक्कली मदिरा बिक्रि वितरण गर्न छुट  दिन पनि जरुरी देखिएको छ । किनेभने लतलागेकाहरुले सक्कली मदिरा नपाए अवैध ‍(नक्कली + घरेलु) प्राणघातक मदिरा सेवन गर्नेछन् ।
रक्सी खानेले लकडाउन बारदैनन् । सरकारले बिक्रिबितरणमा रोक लागउदैमा सेवनकर्ताहरुले रक्सी पिउन छाेड्ने हाेइनन् । सक्कली मदिरा बिक्रिवितरणमा पुर्णरुपमा बन्देज लगाउने हो भने सवेनकर्ताले अवैध हानिकारक मदिरा सेवन गर्ने पक्कापक्की नै हो ।
यो विषयमा वलैमा ध्यान नदिने हो भने नेपालमा कोभिड १९ले भन्दा बढी नक्कली रक्सीले ज्यान लिन सक्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]