२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

लकडाउनमा इन्टरनेट शुल्कवृद्धि : सरकारकाे निर्देशन विपरित

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

काठमाडौं, जेठ १०
लकडाउनको बेला इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले इन्टरनेट शुल्कमा मुल्यवृद्धि गरेको छ । कम्पनीको यस कदमले सरकारको निर्देशनलाई समेत अवज्ञा गरेको छ । सरकारले चैत्र १२ गते मन्त्रिपषिदबाटै निर्णय गरि इन्टरशुल्कमा ग्राहकलाई २५ प्रतिशत छुट दिन दुरसंचारमार्फत सवै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो । तर क्लासिकटेकले भने छुट दिनुको सट्टा इन्टरनेट शुल्क मुल्य वद्धि गरेर सरकारको निर्णयको खिल्ली उडाएको छ ।

भिडियाेमा हेर्नुहाेस :

यस लकडाउनको अवधिमा मात्रै क्लासिटटेकले दुईपटक इन्टरशुल्कमा मुल्य समायोजन गरेको छ । दुईपटकै समायोजनमा क्लासिकटेकले इन्टरनेट शुल्कमा चर्को मुल्यवृद्धि गरेको छ । चैत्रमा, ९ सय रुपैयाँ प्रति महिनामा दिईरहेको ईन्टर सेवा क्लासिकटेकले वैशाखको मध्यतिर बढाएर १ हजार २९ रुपैयाँ पुर्याएको थियो । फेरी जेठको शुरुवातमै (भर्खरै) कम्पनीले इन्टरनेट सेवाको पुनः मुल्यवद्धि गरी १२ सय रुपैयाँ प्रति महिना पुर्याएको छ ।
कम्पनीले वार्षिक सस्क्रिपशनमा ग्राहकलाई दिदै आएको २ महिना बोनस निःशुल्क ईन्टरनेट सेवा पनि अब नदिने भएका छ । त्यससँगै नँया ग्राहकसँग जडान खर्चबापत अब कम्पनीले २ हजार रुपैयाँ अतिरिक्त ठट्टाउने भएको छ । यसअघिसम्म जडान खर्च भने निशुल्क थियो ।
सरकारको निर्देशन मान्ने हो भने, क्लासिकटेकले लकडाउन अघि ९ सय रुपैयाँमा प्रति महिनामा दिदै आएको इन्टरनेटमा २५ प्रतिशत घटौती गरी ग्राहकलाई लकडाउनअवधिभर ईन्टर उपलब्ध गराउनु पर्ने हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]