१० कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

निःशुल्क खाना खुवाउने अभियानको ५०औं दिन पुरा

Logo
प्रकाशित मंगलबार, जेठ १३, २०७७

विराटनगर, जेठ १३
नेपाली कांग्रेस विराटनगरले बिरामी तथा कुरुवाहरुलाई खाना खुवाउन शुरु गरेको अभियानले ५० औ दिन पुरा गरेको छ । नोबेल मेडिकल कलेज विराटनगरमा उपचारमा आउने बिरामी तथा बिरामीका कुरुवाहरुलाई कांग्रेस विराटनगरले दिनहु खाना खुवाउने काम गरिरहेको छ ।
लकडाउनका कारण विरामी कुरुवालाई ओहरदोहर गर्न असुविधा हुने भएकाले यथास्थानमा खाना खुवाउने व्यावस्था गरिएको नगरका उपसभापति प्रविण जोशीले बताए । “अहिले लकडाउनको अवस्था छ, एक त मानिसहरुसगँ रोजगारी छैन त्यसमाथि अस्पतालमा भर्ना भएकालाई त आर्थिक स्रोत जुटाउन झैनै ग्राह हुन्छ” उपासभापति जोशी भन्छन्  “हाम्रो यो अभियानले विरामीको आर्थिक भारलाई थोरै भएपनि हलुको पर्ने हामीले ठानेका छौ”
विराटनगर काग्रेसका कार्यवाहक सभापती अरुण न्यौपाने, उपसभापति प्रबिण जोशी, उपसभापति खपंकज बर्मा,खसचिव प्रकाश दाहाल ,कोषाध्यक्ष सन्तोष अधिकारी लगायतका ब्यक्तिहरु महिनौ देखि खाना खुवाउने अभियानमा जुटिरहेका छन् ।

यस अभियानमा नेपाली कांग्रेसका नेता शेखर कोइराला, कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, नेपाली कांग्रेस मोरङ अध्यक्ष डिग बहादुर लिम्बु ,प्रदेश १का सचेतक केदार कार्की , उपमेयर इन्दिरा कार्की, कांग्रेस मोरङ जिल्ला सचिव मोदराज घिमिरे ,सदस्य राजेश गुप्ता, ट्रेड युनिय प्रदेश १ का अध्यक्ष नारायण बाबु कार्की , मोरङ जिल्ला अध्यक्ष शुसिल कोइराला लगायतले खाना खुवाउने अभियानमा सरिक भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]