३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

निःशुल्क खाना खुवाउने अभियानको ५०औं दिन पुरा

Logo

विराटनगर, जेठ १३
नेपाली कांग्रेस विराटनगरले बिरामी तथा कुरुवाहरुलाई खाना खुवाउन शुरु गरेको अभियानले ५० औ दिन पुरा गरेको छ । नोबेल मेडिकल कलेज विराटनगरमा उपचारमा आउने बिरामी तथा बिरामीका कुरुवाहरुलाई कांग्रेस विराटनगरले दिनहु खाना खुवाउने काम गरिरहेको छ ।
लकडाउनका कारण विरामी कुरुवालाई ओहरदोहर गर्न असुविधा हुने भएकाले यथास्थानमा खाना खुवाउने व्यावस्था गरिएको नगरका उपसभापति प्रविण जोशीले बताए । “अहिले लकडाउनको अवस्था छ, एक त मानिसहरुसगँ रोजगारी छैन त्यसमाथि अस्पतालमा भर्ना भएकालाई त आर्थिक स्रोत जुटाउन झैनै ग्राह हुन्छ” उपासभापति जोशी भन्छन्  “हाम्रो यो अभियानले विरामीको आर्थिक भारलाई थोरै भएपनि हलुको पर्ने हामीले ठानेका छौ”
विराटनगर काग्रेसका कार्यवाहक सभापती अरुण न्यौपाने, उपसभापति प्रबिण जोशी, उपसभापति खपंकज बर्मा,खसचिव प्रकाश दाहाल ,कोषाध्यक्ष सन्तोष अधिकारी लगायतका ब्यक्तिहरु महिनौ देखि खाना खुवाउने अभियानमा जुटिरहेका छन् ।

यस अभियानमा नेपाली कांग्रेसका नेता शेखर कोइराला, कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, नेपाली कांग्रेस मोरङ अध्यक्ष डिग बहादुर लिम्बु ,प्रदेश १का सचेतक केदार कार्की , उपमेयर इन्दिरा कार्की, कांग्रेस मोरङ जिल्ला सचिव मोदराज घिमिरे ,सदस्य राजेश गुप्ता, ट्रेड युनिय प्रदेश १ का अध्यक्ष नारायण बाबु कार्की , मोरङ जिल्ला अध्यक्ष शुसिल कोइराला लगायतले खाना खुवाउने अभियानमा सरिक भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]

दिनेश खड्का, विराटनगर पर्यटन भनेपछि सामान्यतया हामी पहाड, हिमाल, ताल वा सांस्कृतिक सम्पदाको मात्र कल्पना गर्छौं, तर विश्वभरि नै “खाद्य पर्यटन” (Food/Culinary Tourism) एक छुट्टै र फस्टाउँदो पर्यटकीय आकर्षणको रूपमा स्थापित भइसकेको छ। कोशी प्रदेश नेपालको पूर्वी भागमा अवस्थित भौगोलिक रूपमै अत्यन्त विविधतापूर्ण प्रदेश हो। तराईको समथर भूभागबाट सुरु भएर पहाड हुँदै हिमाली शिखरसम्म फैलिएको […]