२० पुष २०८२, आइतबार
04-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपालको जनसंख्या ३ करोड नाघ्यो : तथ्यांक विभाग

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

काठमाडौं, असार १२
केन्द्रीय तथ्यांक विभागको अनुसार नेपालको जनसंख्या ३ करोड नाघेको छ । असार १२ गते नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको विभागको भनाई छ । राष्ट्रिय जनगणना २०६८को आधारमा विभागले उक्त जनसंख्याको आकडा निकालेको हो ।
राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको विभागको भनाई छ । औसतमा दैनिक एक हजारभन्दा बढीले जनसंख्या बढ्दै गएको विभागको अनुमान छ ।
२०६८मा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । २०६८मा ५१ दशमलव ५ प्रतिशत महिला थिए भने ४८ दशमलव ५ प्रतिशत पुरुष थिए । त्यसमा जनसंख्या वृद्धिदर १ दशमल ३५ प्रतिशत रहेको देखाइएको छ । र विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेको देखाइएको छ ।
६८कै तथ्याङ अनुसार देशभरिमा १२५ जातजाति र १२३ भाषा बोल्ने छन् ।

विभागको हालको अनुमान अनुसार मृत्युदर घटेको छ । र सरदर नेपालकीको औषत आयु करिब ६७ वर्ष रहेको छ । १९६८ सालदेखि नेपालमा हरेक दश वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । विभागले २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म नेपालको १२ औं राष्ट्रय जनगणना गर्ने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]