२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

तार नपुग्ने ठाँउमा सोलर, गाँउ झलमल !

Logo

इलाम, असार १५
इलामको माङसेबुङ गाउँपालिकाले वडा नं. ४ को दुर्गम वस्ती साँगुरी, तमाखे चेपे, झिल्के राँगाधाप लगायत क्षेत्रहरुमा ८२ घरपरिवारलाई ५० वाटको सौर्य उर्जा वितरण गरेको छ ।
शनिबार माङसेबुङ गाउँपालिकाको अध्यक्ष डिकेन्द्र इधिङ्गो, उपाध्यक्ष सुनिता सुब्बाको उपस्थितिमा वडां नं ४ का स्थानीयहरुलाई प्यानल वितरण गरिएको हो ।
गाउँलाई पुर्णरुपमा उज्योलो पार्ने माङसेबुङ गाउँपालिकाको प्रथम गाउँसभावाट पारित निति अनुरुप सोलर प्यालन वितरण गरीएको बताईएको छ । तार पु¥याउन सक्ने ठाँउमा तारमार्फत विजुली पु¥याइने र तार नपुग्न सक्ने ठाँउमा सोलार मार्फत भएपनि गाँउलाई उज्यालो बनाईने गाँउपालिकाको योजना रहको वडा नं ४ का अध्यक्ष अमृतकुमार राईले वताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]