२८ आश्विन २०८३, बुधबार
14-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

पक्की सडकमा भासियो ट्रिपर : जिम्मेवार को ?

Logo

काठमाडाैं, असार १६
विराटनगर १० स्थित पिपलचौकको पक्की सडकमा ट्रिपर भासिएको छ । सोमबार साँझ सडकको पेटीमा पार्किङ गरि राखिएको अवस्थामा ट्रिपर भासिएको हो । चालक टेक बहादुर बोहराको अनुसार उनले टिपर केही बेरका लागी सडक पेटीमा छोडेर बाहिर गएका थिए । सडक पेटीमा राखेकोे केहिबेरमै ट्रिपर एकाएक भासिनथालेपछि प्रत्यक्षदर्शी स्थानीयहरु समेत चकित परेका थिए ।
पक्की सडकमै ट्रिपर भासिएपछि विराटनगर महानगरपालिकामा भईरहेको विकास निर्माणका कामको गुणस्थतरबारे प्रश्न उठ्न थालेको छ । उक्त सडक आशिष निर्माण सेवा कम्पनीले एक वर्षअघि मात्र निर्माण गरेको बुझिएको छ ।
उक्त घटना पश्च्यात विकास निर्माणको काममा जनप्रतिनिधि गैर जिम्मेवार भएको भन्दै विराटनगर महानगरपालिकाको प्रमुख भिम पराजुलीको सामाजिक संजालमा व्यापक आलोचना समेत भइरहेको छ ।
पछिल्लो समय विराटनगरमा भईरहेको विकास निर्माणको काममा अत्याधिक लापरवाही भईरहेको जनस्थरबाटै गुनासो आउन थालेको छ । केहि दिनअघि मात्र विराटनगरमा भारी वर्षा भईरहेको नाला ढलानको काम भईरहेको एक भिडियो समेत सार्वजनिक भएको थियो ।

मुसलधारे पानीमा निर्माण कार्य धमाधम (भिडियाे)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]