२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

पक्की सडकमा भासियो ट्रिपर : जिम्मेवार को ?

Logo

काठमाडाैं, असार १६
विराटनगर १० स्थित पिपलचौकको पक्की सडकमा ट्रिपर भासिएको छ । सोमबार साँझ सडकको पेटीमा पार्किङ गरि राखिएको अवस्थामा ट्रिपर भासिएको हो । चालक टेक बहादुर बोहराको अनुसार उनले टिपर केही बेरका लागी सडक पेटीमा छोडेर बाहिर गएका थिए । सडक पेटीमा राखेकोे केहिबेरमै ट्रिपर एकाएक भासिनथालेपछि प्रत्यक्षदर्शी स्थानीयहरु समेत चकित परेका थिए ।
पक्की सडकमै ट्रिपर भासिएपछि विराटनगर महानगरपालिकामा भईरहेको विकास निर्माणका कामको गुणस्थतरबारे प्रश्न उठ्न थालेको छ । उक्त सडक आशिष निर्माण सेवा कम्पनीले एक वर्षअघि मात्र निर्माण गरेको बुझिएको छ ।
उक्त घटना पश्च्यात विकास निर्माणको काममा जनप्रतिनिधि गैर जिम्मेवार भएको भन्दै विराटनगर महानगरपालिकाको प्रमुख भिम पराजुलीको सामाजिक संजालमा व्यापक आलोचना समेत भइरहेको छ ।
पछिल्लो समय विराटनगरमा भईरहेको विकास निर्माणको काममा अत्याधिक लापरवाही भईरहेको जनस्थरबाटै गुनासो आउन थालेको छ । केहि दिनअघि मात्र विराटनगरमा भारी वर्षा भईरहेको नाला ढलानको काम भईरहेको एक भिडियो समेत सार्वजनिक भएको थियो ।

मुसलधारे पानीमा निर्माण कार्य धमाधम (भिडियाे)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]