०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

राजस्व छलेको आशंकामा गोदाम र गाडीमा छापा : विराटनगरका व्यापारी भगत राजस्वको चंगुलमा

Logo

विराटनगर, असार २०
राजस्व अनुसन्धान कार्यालय इटहरीले विराटनगरका एक कपडा व्यापारीको गाडी कब्जामा लिनुका साथै उनले कपडाको स्टोर गर्दै आएको गोदाममा समेत छापा मारेको छ । विराटनगर बजारको महावीर रोडमा रहेको रोहन कपडा पसल सञ्चालन गर्ने सञ्जीत भगतको गोदाममा राजस्वले छापा मारेको हो । विराटनगर भन्सारको आइसीपी हुँदै ग्रिन च्यानलबाट ठूलो परिमाणमा कौडीको मूल्यमा सर्टिंगसुटिङका फेन्सी कपडाहरु भन्सारसँग च्यानल मिलाएर विराटनगर ल्याउने गरेको व्यापारी भगतलाई आरोप छ । पछिल्लो पटक जेठ २५ गते भगतले विराटनगर भन्सारको आइसीपीबाट सर्टिंगसुटिङ कपडा च्यानल मिलाएर भन्सार जाँचपास गराएपछि ठूलै हल्लीखल्ली मच्चिन पुगेको थियो ।

उक्त कपडा विराटनगर भन्सारको आईसीपीमा आएर भन्सार जाँचपास हुने क्रममा उक्त कपडाको भन्सार मूल्यांकन भन्सार अधिकृत सुनिता पौडेलले गरेकी थिइन् । व्यापारी भगतको कपडा भन्सारमा खटिने कर्मचारीको ड्युटीअनुसार मात्र आईसीपी आउने गरेको पाइएको छ । जसले गर्दा भन्सारका कर्मचारी समेत कपडा व्यापारी भगतको सेटिङमा भएको स्रोतले बताएको छ । भन्सार मूल्यांकनको विषयलाई लिएर भन्सार अधिकृत सुनिता पौडेल पनि विराटनगर भन्सारमा पटक–पटक विवादित बन्दै आएकी छिन् ।

सुनसरीको इटहरीबाट गत मंगलबार आएको राजस्वको टोलीले साँझको समयमा व्यापारी भगतको कपडा लोड गरिएको एउटा गाडी कब्जामा लिएको थियो । उक्त गाडी सोही दिन विराटनगर भन्सारबाट जाँच पास भएको कपडाको गाडी राजस्वको टोलीले कब्जामा लिएको बताइएको छ । मंगलबार व्यापारी भगतको गाडी नियन्त्रणमा लिएको र बुधबार उनको गोदाममा राखेको कपडाको स्टक जाँच गरेर राजस्व अनुसन्धानले उनको गोदाम सिल गरेको हो । भगतको कपडा पक्राउ सम्बन्धमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख वेदराज फुँयालले भगतले राजस्व छल्ने गरेको जानकारीमा आएपछि गाडीसहित कपडा कब्जामा लिएर अनुसन्धान सुरू गरेको बताए ।

कपडा व्यापारी भगतको सामानको भन्सार क्लियरिङ्ग गर्ने भन्सार एजेन्ट दयानन्द मण्डल रहेका छन् । त्यसभन्दा अगाडि व्यापारी भगतले भन्सार एजेन्ट किशोर साहीमार्फत कपडाको भन्सार जाँचपास गर्दै आएका थिए । करिब दुई वर्षअगाडि भन्सार एजेन्ट किशोर साहीलाई झुक्याएर परिमाण बढी राखी थोरै भन्सार जाँचपास गराएपछि उक्त सामान राजस्व अनुसन्धानले पक्राउ गरी कारबाही गरेको थियो । कारबाहीपछि एजेन्ट साहीले कपडा व्यापारी भगतलाई चेतावनी दिँदै प्रज्ञापनपत्रमा सही नगरेपछि भगतले नयाँ भन्सार एजेन्टका रुपमा दयानन्द मण्डललाई समाएको स्रोतको दाबी छ ।

अहिले विराटनगरलगायत झापा, इटहरीदेखि धरानसम्मका व्यापारीको कपडा भन्सार जाँच पास गराउने काम भन्सार एजेन्ट मण्डलमार्फत गराउन थालेको यहाँका कपडा व्यवसायीले बताउन थालेका छन् । पछिल्लो समयमा विराटनगरका सबैजसो व्यापारीको कपडा ठेक्कामा लिएर लाइन मिलाएर व्यापारी भगतले ल्याउन थालेको स्रोतले बताएको छ ।
आर्थिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]