१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पुर्वडिआईजी कोइराला कैद छुट प्रकरण : प्रधानन्यायाधीश गल्ती सच्चाउन तयार, आजै पुनः सुनुवाई हुदै

Logo

काठमाडौं, साउन ११
पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आइतबार सुनुवाइ हुँदै छ । यो मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ ।

सर्वोच्चका एक पूर्वन्यायाधीशका अनुसार प्रधानन्यायाधीश आफैंले गरेको फैसला भएकाले पुनरावलोकन मुद्दामा उनले पेशी तोक्न मिल्दैन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजायँ कटौती गर्ने निर्णय गरेका थिए ।

प्रधानन्यायधीश राणाले शनिबार बालुवाटारस्थित निवासमा सर्वोच्च अदालतका न्यायाधीशहरुसँग यसबारे परामर्श गरेका थिए । सोही परामर्शअनुसार नै आइतबारको निर्णय आउने सूत्रको भनाइ छ
पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर जबरा र केसीले भने १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको सो फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् ।

सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

गल्ती सच्याउन प्रधानन्यायाधीश तयार

पत्नीका हत्यारा पूर्वडीआइजी कोइरालाको सजायँ घटाउने सर्वोच्च अदालतको फैसलामा भएको गल्ती सच्याउन प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा तयार भएको उच्च स्रोतले जनाएको छ । गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको यो फैसलाको सर्वत्र आलोचना भएपछि प्रधानन्यायाधीश जबरा गल्ती सच्याउन तयार भएको स्रोतले बताएको छ ।

सर्वोच्चको फैसलापछि पूर्वडीआइजी कोइराला जेलबाट छुटिसकेका छन् । अदालतको यो फैसलाको विरोधमा सडकमा प्रदर्शनसमेत हुन थालेपछि प्रधानन्यायाधीश जबरा एक कदम पछि हटेका हुन् ।
फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालतमा सरकारले दर्ता गरेको निवेदनमाथि सुनुवाई गर्नुपूर्व प्रधानन्यायधीश राणाले शनिबार बालुवाटारस्थित निवासमा सर्वोच्च अदालतका न्यायाधीशहरुसँग यसबारे परामर्श गरेका थिए । सोही परामर्शअनुसार नै आइतबारको निर्णय आउने सूत्रको भनाइ छ ।

सरकारले पुनरावलोकनका लागि दर्ता गरेको निवेदन नै अनुसार कोइरालाको मुद्दा पुनरावलोकनमा जाने निर्णय भइसकेपछि यो मुद्दा अदालती प्रक्रियामा प्रवेश गर्ने सर्वोच्च स्रोत बताउँछ । त्यसपछि बढीमा एक वर्षभित्र पुनरावलोकन सम्पन्न हुने जानकारहरु बताउँछन् । अन्तिम फैसला हुँदा पहिलेको आदेश उल्टियो भने रञ्जन कोइरालाले पुनः जेल बस्नुपर्ने हुन्छ । पुरानै फैसला सदर भएमा उनले जेल बस्नुपर्दैन ।
तर, असार १५ गतेको फैसलाप्रति कोही पनि न्यायाधीशहरु सन्तुष्ट नदेखिएकाले यो मुद्दा उल्टी हुने सम्भावना बढेको छ ।
अनलाइनखबर डटकमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]