०३ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

घरभाडा तत्काल नउठाउन सर्वोच्चकाे आदेश

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

काठमाडौं, साउन १५

सर्वोच्च अदालतले लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन आदेश दिएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

ओबीसी महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले सरकार ७ वटै प्रदेशका मुख्यमन्त्रीको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

लकडाउनको समयमा नाई संघ अन्तर्गतका श्रमिकले काम नगरेकाले भाडा तिर्न नसक्ने भन्दै छुटको माग सहित ठाकुरले गत असार २१ गते रिट दर्ता गरेका थिए ।

ठाकुरले दर्ता गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाडौं समेत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश १ विराटनगर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश २ जनकपुर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय वागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकी प्रदेश पोखरा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश ५ वुटवल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय कर्णाली प्रदेश विरेन्द्रनगर र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सुदुर पशचिम प्रदेश धनगढी कैलालीलाई विपक्षी बनाइएको छ ।

किलिकमाण्डुबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]