११ भाद्र २०८३, बिहिबार
27-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

घरभाडा तत्काल नउठाउन सर्वोच्चकाे आदेश

Logo

काठमाडौं, साउन १५

सर्वोच्च अदालतले लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन आदेश दिएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

ओबीसी महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले सरकार ७ वटै प्रदेशका मुख्यमन्त्रीको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

लकडाउनको समयमा नाई संघ अन्तर्गतका श्रमिकले काम नगरेकाले भाडा तिर्न नसक्ने भन्दै छुटको माग सहित ठाकुरले गत असार २१ गते रिट दर्ता गरेका थिए ।

ठाकुरले दर्ता गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाडौं समेत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश १ विराटनगर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश २ जनकपुर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय वागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकी प्रदेश पोखरा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश ५ वुटवल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय कर्णाली प्रदेश विरेन्द्रनगर र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सुदुर पशचिम प्रदेश धनगढी कैलालीलाई विपक्षी बनाइएको छ ।

किलिकमाण्डुबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]