१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बैंकभित्रै महिला कर्मचारी मृत अवस्थामा फेला : घटना शंकास्पद ( भिडियाे सहित )

Logo

विराटनगर साउन २१
सनराईज बैंक विराटनगरको एक महिला कर्मचारी बैंकभित्रै मृत अवस्थामा फेला परेकी छिन् । बैंंकको कर्जा शाखाकी वरिष्ठ सहायक अधिकृत सनाज खतिवडा आज दिउसो (बुधबार) मृत अवस्थामा बैंंकको स्टोरमा मृत फेला परेकी हुन् ।
मृतकको शवसँगै घटनास्थलमा मुसा मार्ने दवाई समेत भेटिएको छ । सोही मुसा मार्ने दवाई सेवनको कारण खतिवडाको मृत्य भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतकको ब्यागबाट सुसाइड नोट समेत फेला परेको छ । सुसाइड नोटमा के लखिएको छ भन्ने बारे प्रहरीले खुलाएको छैन । मृतकको शवलाई पोष्टमाटमको लागी कोशी अञ्चल अस्पताल विराटनगर पठाईएको प्रहरीले जनाएको छ ।

घटना शंकास्पद
उक्त घटना भएको बेला बैंकको सुरक्षा गार्डसँगै हाराहारी आधा दर्जन कर्मचारी बैंकमै रहेको स्रोतले बताएको छ । र बैंक भित्रै जातततै सिसिटिभी क्यामेरा रहेकाले बैंक भित्रै आत्माहत्या गर्ने कुरा स्वाभावीक नभएको स्रोत बताउँदछ ।
अनुसन्धानमा खटिएका प्रहरीले पनि पुर्ण अनुसन्धानपछि मात्र मृत्यु कसरी भएको हो भन्ने बारे बताउन सकिने बताएका छन् । वडा प्रहरी कार्यलय विराटनगरका डिएसपी बेदप्रसाद गौतमले प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको जस्तो देखिएपनि यकिन घटना के भएको हो भन्ने बारे पुर्ण अनुसन्धानपछि मात्र खुल्ने बताएका छन् ।

पत्रकारलाई घटनास्थलमा प्रवेश निषेध
घटना भए लगतै आधा दर्जन पत्रकारका समाचार संकलनका लागी घटनास्थलमा पुगेका थिए । तर बैंक प्रशासनले भने पत्रकारहरुलाई घटनास्थलमा प्रवेश गर्न दिएको थिएन । उक्त बैंकका प्रबन्धकलाई घटनाबारे पत्रकारहरुले सोधपुछ गर्न खोजेपनि बैंकका जिम्मेवार कर्मचारीहरु पत्रकारको स‍म्पर्कमा आउन चाहेनन् ।
बैंक प्रशासनको उक्त कदमले पनि घटनालाई थप शंकास्पद बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]