२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

बैंकभित्रै महिला कर्मचारी मृत अवस्थामा फेला : घटना शंकास्पद ( भिडियाे सहित )

Logo

विराटनगर साउन २१
सनराईज बैंक विराटनगरको एक महिला कर्मचारी बैंकभित्रै मृत अवस्थामा फेला परेकी छिन् । बैंंकको कर्जा शाखाकी वरिष्ठ सहायक अधिकृत सनाज खतिवडा आज दिउसो (बुधबार) मृत अवस्थामा बैंंकको स्टोरमा मृत फेला परेकी हुन् ।
मृतकको शवसँगै घटनास्थलमा मुसा मार्ने दवाई समेत भेटिएको छ । सोही मुसा मार्ने दवाई सेवनको कारण खतिवडाको मृत्य भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतकको ब्यागबाट सुसाइड नोट समेत फेला परेको छ । सुसाइड नोटमा के लखिएको छ भन्ने बारे प्रहरीले खुलाएको छैन । मृतकको शवलाई पोष्टमाटमको लागी कोशी अञ्चल अस्पताल विराटनगर पठाईएको प्रहरीले जनाएको छ ।

घटना शंकास्पद
उक्त घटना भएको बेला बैंकको सुरक्षा गार्डसँगै हाराहारी आधा दर्जन कर्मचारी बैंकमै रहेको स्रोतले बताएको छ । र बैंक भित्रै जातततै सिसिटिभी क्यामेरा रहेकाले बैंक भित्रै आत्माहत्या गर्ने कुरा स्वाभावीक नभएको स्रोत बताउँदछ ।
अनुसन्धानमा खटिएका प्रहरीले पनि पुर्ण अनुसन्धानपछि मात्र मृत्यु कसरी भएको हो भन्ने बारे बताउन सकिने बताएका छन् । वडा प्रहरी कार्यलय विराटनगरका डिएसपी बेदप्रसाद गौतमले प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको जस्तो देखिएपनि यकिन घटना के भएको हो भन्ने बारे पुर्ण अनुसन्धानपछि मात्र खुल्ने बताएका छन् ।

पत्रकारलाई घटनास्थलमा प्रवेश निषेध
घटना भए लगतै आधा दर्जन पत्रकारका समाचार संकलनका लागी घटनास्थलमा पुगेका थिए । तर बैंक प्रशासनले भने पत्रकारहरुलाई घटनास्थलमा प्रवेश गर्न दिएको थिएन । उक्त बैंकका प्रबन्धकलाई घटनाबारे पत्रकारहरुले सोधपुछ गर्न खोजेपनि बैंकका जिम्मेवार कर्मचारीहरु पत्रकारको स‍म्पर्कमा आउन चाहेनन् ।
बैंक प्रशासनको उक्त कदमले पनि घटनालाई थप शंकास्पद बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]