०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

सिडिओ साब लाइसेन्सको ट्रायल परीक्षामा फेल

Logo

भद्रपुर, श्रावण २०
लाइसेन्सको लागी लिइने ट्रायल परीक्षामा झापाका (सिडिओ) प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल फेल भएका छन् । दाहालले कार, जीप, डेलिभरी भ्यानको लाइसेन्स लिन खोज्दा ट्रायलमा फेल भएका हुन् ।
गत मंगलबार बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमै पुगेर उनले ट्रायल परीक्षा दिएका थिए । फेला भए लगतै प्रजिअ दहालको प्रवेश पत्र ट्राफिक प्रहरीले परीक्षण स्थलमै च्याती दिएका थिए । पछिल्लो समय सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता र सेटिङमा लाइसेन्स वितरण गर्ने गरेको गुनासो बढेपछि यथार्थ बुझ्नलाई पनि आफै परिक्षामा सहभागी भएको प्रजिअ दाहलको भनाई छ ।
ट्रायल परिक्षा दिने क्रममा प्रजिअ दाहाल एट चिन्ह कटाउन असफल भएका थिए । अनुत्तीर्ण भए पनि १५ दिनपछि पुनःट्रायल परीक्षा दिने प्रजिअ दाहालले प्रतिक्रया दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]