२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा प्रधानमन्त्रीको पुत्लादहन

नेवि संघ महेन्द्र माेरङ्गद्वारा प्रम काे पुत्लादहन
Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

विराटनगर, माघ २०
सरकारको प्रतिगमनको विरुद्ध नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पस इकाई कमिटिले विराटनगरको रोडशेषचोकमा प्रधानमन्त्रीको पुत्लादहन गरेको छ ।
सोमबार साझँ नेवि संघका विद्यार्थीले क्याम्पस प्रागढबाट जुलुसको थालनी गरी रोडशेष चोकमा गई पुत्ता दहन गरेका हुन् । करिब डेढ सयको संख्यामा रहेका उनीहरुले मसाल सहित क्याम्पस प्रागढदेखि विराटनगरको रोडशेष चोकसम्म जुलुस प्रद्धशन गरेका थिए ।
कार्यक्रममा बोल्दै ईकाई साभापति जस्वन्त पौडेलले सरकारको प्रतिगमन र असंवैधानिक संसद विघटनको विरुद्ध नेवि संघ सदैव लडिरहने बताए ।
प्राधानमन्त्रीले केपी शर्मा ओलीले पुष ५ गते संसदन विघटन गरी चुनावको घोषणा गरेका थिए । जसलाई प्रतिपक्ष काग्रेस एवं अन्य दलहरुले प्रधानमन्त्रीले संवैधानिक कु गरेका संज्ञा समेत दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]