०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मुख्यमन्त्रीले मिचे ऐन । कारवाही होला त ?

Logo

विराटनगर, माघ २१
सामाजिक व्यवहार सुधार ऐनले सामाजिक कार्यहरु गर्दा ५१ जनाभन्दा धेरै भेला गर्न बर्जित गरेको छ । त्यस्तै ऐनको अर्को दफाले सामाजीक कार्य गर्दा तामजाम र भड्किलो पाराले घर सझाउन नहुने कुरा उल्लेख गरेको छ । तर प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईको विवाहमा उक्त ऐनको पालना नभएको पाइएको छ ।
भोजपुरका ४९ वर्षीय मुख्यमन्त्री राई माघ ११ गते संखुवासभाकी २३ वर्षीया ज्याङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिए । सो विवाह भव्यताका साथ काठमाडौंमा सम्पन्न भयो । जसमा ५ सय जना भन्दा बढिले सहभागिता जनाए ।

त्यस्तै माघ १६ गते विराटनगर बरगाछीस्थित होटल मनास्लुमा हजारौंलाई बोलाएर तामझामका साथ भव्य प्रितीभोजको आयोजना समेत गरियोे । विहेमा प्रदेशका सबै जिल्लाबाट जनप्रतिनिधि, सिडिओ, प्रहरी र अन्य सुरक्षा निकायका प्रमुखहरु तथा अन्य निकायका प्रमुख तथा उच्च औधामा रहेका व्यक्तिलाई समेत निम्तो गरिएको थियो ।
तामझामका साथ काठमाडौं र विराटनगरमा सम्पन्न भएको मुख्यमन्त्रीको वैवाहिक समारोहमा सामाजिक व्यवहार सुधार ऐनको उल्लं‌घन भएको देखिन्छ ।

काठमाडौंमा सम्पन्न भएको विवाहमा प्रधानमन्त्री के पी शर्मा ओली लगायत राज्यका अन्य विशिष्ट व्यक्तीहरु वर–वधुलाइ शुभकामना दिन उपस्थीत भएका थिए । सोही कारण प्र.म.ओली समेत कानुन उल्लंघन गर्ने विषयमा मुख्यमन्त्री राईको मतिहार बन्न पुगेका छन् ।

राज्यले सामाजिक व्यवहार सुधार ऐन कार्यन्यवन गराउने जिम्मा संवन्धित जिल्लाको सिडियोलाई दिएको छ । तर मुख्यमन्त्री पदमा रहेको व्यक्तिलाई सिडियोले कानुनी कडघरामा उभ्याउन सक्लान् त ? यो अहिले मुख्य जनचासोको विषय बनेको छ ।

कानुन मिचिएको विषयमा मुख्यमन्त्रीलाई कारवाहीको माग गर्दै पत्रकार गणेश लम्सालले निवेदन समेत लेखेका छन् । पत्रकार लम्सालले निवेदनमा मुख्यमन्त्री पदमा बसेर कानुन उल्लंघन गर्ने व्यक्तीलाई दाेब्बर सजाय हुनुपर्ने मागदावी समेत गरेका छन् । तर उक्त निवेदन उपर पनि सुनवाई हुने वा नहुने भन्ने विषयमा संकोच छ ।

सामाजिक व्यवहार सुधार ऐनको दफा ८ को १ अनुसार विवाहको भोजमा दुलाहा वा दुलही पक्षले आफन्तबाहेक ५१ जना भन्दा बढीलाई भोजमा आमन्त्रण गरे २० हजार रुपैयाँसम्म जरिवना र १५ दिनसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै ऐनको दफा १२ को १ अनुसार भड्किलो रुपले घर सजाउन हुदैन । सो प्राबधान उल्लंघन गर्दा १० हजार रुपैयाँ जरिवाना र ७ दिनसम्म कैद हुने व्यवस्था छ । ऐनको दफा १५मा बिहे भोजमा गरिएको खर्च पारदर्शी तरिकाले हिसाव देखाउनु पर्ने समेत उल्लेख गरिएको छ ।
ऐन उल्लंघनको विषयमा मुख्यमन्त्री राईले कानुन समक्ष आत्मसमर्पण गरेर राज्यको ऐन प्रति सम्मान प्रकट गर्न जरुरी देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]