०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मुख्यमन्त्रीले मिचे ऐन । कारवाही होला त ?

Logo
प्रकाशित बुधबार, माघ २१, २०७७

विराटनगर, माघ २१
सामाजिक व्यवहार सुधार ऐनले सामाजिक कार्यहरु गर्दा ५१ जनाभन्दा धेरै भेला गर्न बर्जित गरेको छ । त्यस्तै ऐनको अर्को दफाले सामाजीक कार्य गर्दा तामजाम र भड्किलो पाराले घर सझाउन नहुने कुरा उल्लेख गरेको छ । तर प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईको विवाहमा उक्त ऐनको पालना नभएको पाइएको छ ।
भोजपुरका ४९ वर्षीय मुख्यमन्त्री राई माघ ११ गते संखुवासभाकी २३ वर्षीया ज्याङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिए । सो विवाह भव्यताका साथ काठमाडौंमा सम्पन्न भयो । जसमा ५ सय जना भन्दा बढिले सहभागिता जनाए ।

त्यस्तै माघ १६ गते विराटनगर बरगाछीस्थित होटल मनास्लुमा हजारौंलाई बोलाएर तामझामका साथ भव्य प्रितीभोजको आयोजना समेत गरियोे । विहेमा प्रदेशका सबै जिल्लाबाट जनप्रतिनिधि, सिडिओ, प्रहरी र अन्य सुरक्षा निकायका प्रमुखहरु तथा अन्य निकायका प्रमुख तथा उच्च औधामा रहेका व्यक्तिलाई समेत निम्तो गरिएको थियो ।
तामझामका साथ काठमाडौं र विराटनगरमा सम्पन्न भएको मुख्यमन्त्रीको वैवाहिक समारोहमा सामाजिक व्यवहार सुधार ऐनको उल्लं‌घन भएको देखिन्छ ।

काठमाडौंमा सम्पन्न भएको विवाहमा प्रधानमन्त्री के पी शर्मा ओली लगायत राज्यका अन्य विशिष्ट व्यक्तीहरु वर–वधुलाइ शुभकामना दिन उपस्थीत भएका थिए । सोही कारण प्र.म.ओली समेत कानुन उल्लंघन गर्ने विषयमा मुख्यमन्त्री राईको मतिहार बन्न पुगेका छन् ।

राज्यले सामाजिक व्यवहार सुधार ऐन कार्यन्यवन गराउने जिम्मा संवन्धित जिल्लाको सिडियोलाई दिएको छ । तर मुख्यमन्त्री पदमा रहेको व्यक्तिलाई सिडियोले कानुनी कडघरामा उभ्याउन सक्लान् त ? यो अहिले मुख्य जनचासोको विषय बनेको छ ।

कानुन मिचिएको विषयमा मुख्यमन्त्रीलाई कारवाहीको माग गर्दै पत्रकार गणेश लम्सालले निवेदन समेत लेखेका छन् । पत्रकार लम्सालले निवेदनमा मुख्यमन्त्री पदमा बसेर कानुन उल्लंघन गर्ने व्यक्तीलाई दाेब्बर सजाय हुनुपर्ने मागदावी समेत गरेका छन् । तर उक्त निवेदन उपर पनि सुनवाई हुने वा नहुने भन्ने विषयमा संकोच छ ।

सामाजिक व्यवहार सुधार ऐनको दफा ८ को १ अनुसार विवाहको भोजमा दुलाहा वा दुलही पक्षले आफन्तबाहेक ५१ जना भन्दा बढीलाई भोजमा आमन्त्रण गरे २० हजार रुपैयाँसम्म जरिवना र १५ दिनसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै ऐनको दफा १२ को १ अनुसार भड्किलो रुपले घर सजाउन हुदैन । सो प्राबधान उल्लंघन गर्दा १० हजार रुपैयाँ जरिवाना र ७ दिनसम्म कैद हुने व्यवस्था छ । ऐनको दफा १५मा बिहे भोजमा गरिएको खर्च पारदर्शी तरिकाले हिसाव देखाउनु पर्ने समेत उल्लेख गरिएको छ ।
ऐन उल्लंघनको विषयमा मुख्यमन्त्री राईले कानुन समक्ष आत्मसमर्पण गरेर राज्यको ऐन प्रति सम्मान प्रकट गर्न जरुरी देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]

काठमाडौं , १० मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। […]