२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

डाक्टर कुटपिट गर्ने रिजाल धरौटीमा छुटे

Logo

बिराटनगर, माघ २३
डाक्टरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका तरूण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल धरौटीमा छुटेका छन् ।
जिल्ला प्रसासन कार्यलय मोरङले बिहीबार १० हजार रुपैयाँ धरौटीमा रिजाललाई छोड्ने आदेश दिएको हो ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा रिजाल माघ १० गते पक्राउ परेका थिए ।
रिजाल र डा.बस्नेत पहिलै देखिकै मिल्ने साथि हुन् । रिजालले डा. बस्नेतसँग तिन महिना अघि १० लाख रुपैयाँ सापटी लिएको र उक्त पैशा फिर्ता माग्दा रिजाले हातपात गरेको डा.बस्नेतको भनाई छ ।
रिजालले चिकित्सक बस्नेतलाई पुस १५ गते राति निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट बस्नेतको औला र सम्बेदनशिल अंगमा चोटपटक लागेको थियो । घटना भएको लामो समय बितिसकेतापनि मित्रताको कारण उजुर नदिएको तर पछिल्लो समय ज्यान नै मार्ने धम्की दिदैं रिजालले दवाव सिर्जना गरेपछि प्रहरीमा उजुरी गर्न बाध्य भएकी बस्नेत बताउछिन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]