१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

डाक्टर कुटपिट गर्ने रिजाल धरौटीमा छुटे

Logo

बिराटनगर, माघ २३
डाक्टरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका तरूण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल धरौटीमा छुटेका छन् ।
जिल्ला प्रसासन कार्यलय मोरङले बिहीबार १० हजार रुपैयाँ धरौटीमा रिजाललाई छोड्ने आदेश दिएको हो ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा रिजाल माघ १० गते पक्राउ परेका थिए ।
रिजाल र डा.बस्नेत पहिलै देखिकै मिल्ने साथि हुन् । रिजालले डा. बस्नेतसँग तिन महिना अघि १० लाख रुपैयाँ सापटी लिएको र उक्त पैशा फिर्ता माग्दा रिजाले हातपात गरेको डा.बस्नेतको भनाई छ ।
रिजालले चिकित्सक बस्नेतलाई पुस १५ गते राति निर्घात कुटपिट गरेको आरोप छ । कुटपिटबाट बस्नेतको औला र सम्बेदनशिल अंगमा चोटपटक लागेको थियो । घटना भएको लामो समय बितिसकेतापनि मित्रताको कारण उजुर नदिएको तर पछिल्लो समय ज्यान नै मार्ने धम्की दिदैं रिजालले दवाव सिर्जना गरेपछि प्रहरीमा उजुरी गर्न बाध्य भएकी बस्नेत बताउछिन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]