०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

तस्करीको आशंकामा ६७ वटा गोरु नियन्त्रणमा

Logo

विराटनगर, माघ २८
तस्करीको आशंकामा मोरङको सुन्दरहरैचाबाट प्रहरीले ६७ वटा गोरु मंगलबार नियन्त्रणमा लिएको छ । तीनवटा ट्रकमा गोरुहरु लोड गरेर लैजाँदै गरेको अवस्थामा पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचाको बाँसबारीमा प्रहरीले ट्रकसहित गोरुहरु नियन्त्रणमा लिएको होे ।
गोरु ओसार्नको लागी ना ६ ख ६१३२, ना ६ ख ९७३४ र ना ५ ख ७७५७ नम्बरका ट्रकहरु प्रयोग भएको मोरङ प्रहरीले जनाएको छ । गोरुधनी सिन्धुपाल्चोक घर भएका विश्व बस्नेतको भएको खुलेको छ ।
नेपालबाट कागजपत्र मिलाएर गोरु झापाका सीमावर्ती नाका हुँदै भारततिर कटाउने गरिएको पाइएकाले उक्त गोरुहरुपनी भारत तर्फ तस्करी हुनलागेको आशंका प्रहरीले नियन्त्रणमा लिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १५ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा बैशाख १८ गते ‘विराटनगर रन २.० म्याराथन’ सञ्चालन हुने भएकाे हाे । साे म्याराथनकाे मुख्य प्रायाेजक नाेबल क्यान्सर हस्पिटल रहेकाे छ । त्यसैगरी ओली एण्ड एसाेसिएट्स कन्सल्टेन्सी विराटनगर प्रवर्द्धक रहेकाे छ । आयोजकले […]

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]