०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरको बिकेएम मसलाद्धारा व्यापक भ्याट छली, पटकपटक कारवाही गर्दा पनि सुध्रिएनन् संचालक अग्रवाल

Logo

विराटनगर, माघ २९
पटक–पटक राजस्व छलेको आरोपमा कारबाहीमा पर्दै आएको विराटनगरको बीकेएम मसला उद्योग फेरी पनी व्यापक राजस्व छली गर्न तर्फ लिब्ध भएको पाइएको छ ।
राजस्व गोलमाल गरेका कारण उक्त मसला उद्योगका संचालक विवेक अग्रवाल वर्षेनी कारबाहीमा परिरहेका छन् । अग्रवालमाथि राजस्व अनुसन्धानले कर चुहावट गरेको भन्दै विगतको तिन वर्षदेखि अनुसन्धान गरिररहेको छ । तर पनि कुकुरको पुछर १२ बर्ष ढुंग्रामा राख्दा पनी टेडोको टडै भने झैं पटक–पटक कारवाहीमा पर्दा पनी अग्रवालले कर छली गर्न भने छाडेका छैनन् ।
अग्रवालले वर्षेनी भ्याट वापत तिर्नुपर्ने करोडौं रुपैयाँ राजस्व राज्यसँग छल्दै आएका छन् । कम्पनी भ्याटमा दर्ता भएपनि उनले अधिकांस कारोवार भ्याट बिल विनै गर्ने गरेका छन् ।
एक खेपमा लाखौंको कारोबार गर्ने अग्रवालले भ्याट बिलनै जारी नगरी मालसमान पठाउने गरेका छन् । उनका अधिंकास ग्राहक खुद्रा व्यापारी रहने भएकाले समेत अग्रवाललाई भ्याट बिल दिनुपर्ने आवश्यक्ता परिरहेको छैन् । तर उनले व्यापारीसँग भ्याटबापतको रकम भने उठाईरहेका छन् ।
भर्खरै मात्र भएको एक घटनालाई उद्धित गर्दै स्रोतले भन्यो “विवेक अग्रवालको बीकेएम मसला उद्योगले एक लाख ३७ हजार नौ सय ५३ रूपैयाँको बिलबिजक बनाउनुपर्ने थियो । तर उक्त फर्मबाट बिलबिजक नै जारी नगरी करिब ८४ हजार रूपैयाँको मूल्य अभिवृद्धि कर छली गर्ने काम भयो ।” अग्रवालले करछली गरेका यस्ता सयवटा भन्दा बढी करोबारको प्रमाण र साक्षी आफुसँग भएको स्रोतले दावी समेत गरेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]