१० कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

विराटनगरको बिकेएम मसलाद्धारा व्यापक भ्याट छली, पटकपटक कारवाही गर्दा पनि सुध्रिएनन् संचालक अग्रवाल

Logo
प्रकाशित बिहिबार, माघ २९, २०७७

विराटनगर, माघ २९
पटक–पटक राजस्व छलेको आरोपमा कारबाहीमा पर्दै आएको विराटनगरको बीकेएम मसला उद्योग फेरी पनी व्यापक राजस्व छली गर्न तर्फ लिब्ध भएको पाइएको छ ।
राजस्व गोलमाल गरेका कारण उक्त मसला उद्योगका संचालक विवेक अग्रवाल वर्षेनी कारबाहीमा परिरहेका छन् । अग्रवालमाथि राजस्व अनुसन्धानले कर चुहावट गरेको भन्दै विगतको तिन वर्षदेखि अनुसन्धान गरिररहेको छ । तर पनि कुकुरको पुछर १२ बर्ष ढुंग्रामा राख्दा पनी टेडोको टडै भने झैं पटक–पटक कारवाहीमा पर्दा पनी अग्रवालले कर छली गर्न भने छाडेका छैनन् ।
अग्रवालले वर्षेनी भ्याट वापत तिर्नुपर्ने करोडौं रुपैयाँ राजस्व राज्यसँग छल्दै आएका छन् । कम्पनी भ्याटमा दर्ता भएपनि उनले अधिकांस कारोवार भ्याट बिल विनै गर्ने गरेका छन् ।
एक खेपमा लाखौंको कारोबार गर्ने अग्रवालले भ्याट बिलनै जारी नगरी मालसमान पठाउने गरेका छन् । उनका अधिंकास ग्राहक खुद्रा व्यापारी रहने भएकाले समेत अग्रवाललाई भ्याट बिल दिनुपर्ने आवश्यक्ता परिरहेको छैन् । तर उनले व्यापारीसँग भ्याटबापतको रकम भने उठाईरहेका छन् ।
भर्खरै मात्र भएको एक घटनालाई उद्धित गर्दै स्रोतले भन्यो “विवेक अग्रवालको बीकेएम मसला उद्योगले एक लाख ३७ हजार नौ सय ५३ रूपैयाँको बिलबिजक बनाउनुपर्ने थियो । तर उक्त फर्मबाट बिलबिजक नै जारी नगरी करिब ८४ हजार रूपैयाँको मूल्य अभिवृद्धि कर छली गर्ने काम भयो ।” अग्रवालले करछली गरेका यस्ता सयवटा भन्दा बढी करोबारको प्रमाण र साक्षी आफुसँग भएको स्रोतले दावी समेत गरेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]

विराटनगर,२४ असोज । सुदन गुरुङ नेतृत्वको जेनजीका सातै प्रदेशका संयोजकहरूले सुशिला कार्की नेतृत्वको सरकारलाई जेनजीकाे म्यान्डेटभन्दा बाहिर नजान  खबरदारी गरेका छन्। साे समूहकाे प्रदेशका संयोजकहरूले सयुक्त विज्ञप्ती जारी गरी साे कुरा बताएका हुन् । भदौ २३-२४ मा भएको भ्रष्टाचार विरुद्धको विद्रोहपछि गठित सरकारका सकारात्मक कार्यलाई समर्थन गर्ने तर विद्रोहको म्यान्डेटभन्दा बाहिर गए खबरदारी गर्ने उनीहरूले […]