१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरका विभिन्न विद्यालयमा पोशाक र शैक्षिक सामग्री वितरण

Logo

विराटनगर, फागुन १
फिड द निड नेपाल र युथ युनिटी अफ नेपालका संयुक्तको आयोजनामा विराटनगर–१७ का विभिन्न विद्यालयहरुमा पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।
सो सस्थाहरुले विहीबार विराटनगर–१७मा रहेका गरिब तथा बिपन्न परिवारका विद्यार्थीलाई न्याने कपडाका सथै पोशाक र शैक्षिक सामग्री समेत वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा विराटनगर–१५ का वडाध्यक्ष असलम आलम, इम्तियाज आलम, युथ युनिटी अफ नेपालका जफर एकवाल, आरिफ खान, मोहम्मद तनविर लगायतको सहभागिता थियो ।
आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनेयुथ युनिटी अफ नेपालका कोषाध्यक्ष मोहम्मद तनविरले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]