१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

“काठमाडौंलाई कुनै पनि हालतमा राजधानी बन्न दिनु हुदैन”

Logo

काठमाडौं, श्रावण २३
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौंलाई प्रदेशको स्थायी राजधानी कुनै हालत बन्नदिनु नहुने बताएका छन् । काठमाडौंमा बिहीबार सञ्चारकर्मीसँगको बोल्दै मुख्यमन्त्री पौडेलले संघिय सरकारको छायाँमा प्रदेशको राजधानी बनाउने कुरा संघीयताको मर्म विपरीत हुने तर्क गरेका छन् ।
आफ्नो गृह–नगर हेटौंडा भएपनि प्रदेशको स्थायी राजधानी हेटौंडामै हुनुपर्छ भन्ने पक्षमा समेत आफू नरहेको उनले बताए । मुख्यमन्त्री पौडेलले भने ‘‘ नुवाकोट वा रामेछापमा स्थायी राजधानी बनाएपनि मलाई फरक पर्दैन तर संघको राजधानीमै प्रदेशको राजधानी बनाउदा प्रदेशको उपस्थित गौण हुन जान्छ, यसले संघीयताको मर्मलाई पनि आघात पु¥याउछ ।’’
अबको केही दिनभित्रै प्रदेशसभाले नाम र राजधानी टुगों लगाउने दावी गर्दै काठमाडौंलाई स्थायी राजधानी बनाउने कुरा व्यक्तिगत रुपमा अस्वृकार्य रहेको दलिल प्रस्तुत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]