२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

नियम समय-सापेक्ष नभएको पेट्रोलियम ढुवानी व्यवसायीहरुको गुनासो

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७

विराटनगर , माघ ३०
पुर्वाञ्चलका पेट्रोलियम ढुवानी व्यवसायीहरुले ढुवानी सम्बन्धी नियम कानुनहरु समय सापेक्षिक बनाउनु पर्ने माग गरेका छन् ।
पुर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको १४ औं साधारणसभामा बोल्दै अधिकांस ढुवानी व्यवसायीहरुले नेपाल आयल निगम समक्ष उक्त माग अघि सारेका हुन् ।

कार्यक्रममा बोल्दै पुर्वान्चल पेट्रोलियम ढुवानी व्यवसायीसंघका अध्यक्ष गुणराज निरौलाले पेट्रोलियम ढुवानीमा लाग्ने भाडादरमा १० बर्ष देखी परिवर्तन नभएकाले भाडा दररेट सम्सेधन गर्नुपर्ने माग राखेका थिए । साथै उहाँले नेपाल आयल निगमको विराटनगर प्रदेशिक कार्यालय साँधुरो भएकाले फराकिलो ठाउँमा सार्नु पर्ने प्रस्ताब राखेका थिए ।

कार्यक्रमका प्रमुख अथिती संघका केन्दीय अध्यक्ष खगेश्वर बोहोराले पेट्रोलियम ढुवानी व्यवसायीहरुको माग हरु प्रती आयल निगमलाई गम्भीर हुन आग्रह गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै अन्य पेट्रोलियम ढुवानी व्यवसायीहरुले हाल सम्म निगमले आपतकालिन अबस्थामा अपनउनु पर्ने बिधीहरुको बारे कुनै पनी प्रकारको तालिम नदिएको गुनासो गरेका थिए ।
आयल निगमको तर्फबाट बोल्दै महानिर्देशक सुरेन्द्र कुमार पौडेलले व्यवसायीहरुको सबै जायज माग निगमले पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]