२७ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
Gold Silver Price (24 Kartik 2082, Mon)
Fine Gold 1 Tola NRs. 242000
Silver 1 Tola Nrs. 3080

अनाधिकृत सिलीण्डर बिक्री गर्ने विराटनगरका व्यापारी सेठिया पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

विराटनगर ,फागुन २
अनाधिकृत रुपमा ग्यासको कारेबार गर्ने विराटनगरका एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार गोप्य सुचनाको आधारमा विराटनगर ९ स्थित सिद्धार्थ ट्रेडर्समा छापा मारेको थियो । उक्त छापाबाटट्रेडर्सले विभिन्न कम्पनीका सिलीण्डरहरु अनाधिकृत रुपमा बिक्री गर्दै आएको खुलेको थियो । सिद्धार्थ ट्रेडर्सका सन्चालक महेन्द्र सेठिया हुन् ।
सो ट्रेडर्सले २ वटा कम्पनीका मात्र ग्यासका सिलिण्डर बेच्न पाउने अनुमति लिएको तर अन्य कम्पनीका सिलीण्डरहरु पनि छापा मार्ने क्रममा बरामद भएको छ ।
ट्रेडर्सबाट बिभिन्न कम्पनीका ६१ थान ग्यास सिलेण्डर बरामद गरेको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]