१९ साउन २०८३, मंगलबार
04-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरको अटल फार्मोसी दर्ता बिहीन औषधी बेचबिखनमा सक्रीय

Logo

विराटनगर, फागुन ४
विराटनगर स्थीत अटल फार्मोसीले औषधी व्यवस्था बिभागमा दर्ता नभएको औषधी खुल्ला रुपमा बेच्ने गरिएको पाइएको छ । उक्त फार्मोसीले नेपालमा दर्ता नभएका बिभिन्न ब्राण्डका दर्जनौ औषधीहरु नेपालको पुर्बी क्षेत्रमा खुलेआम बोच्ने गरेको पाइएको हो ।
अटल फार्मोसीका संचालक पवन अटल हुन् । उनले डेर्मीकेम ओसी मलम ,क्लोबेटा जि एम मलम ,सिग्नेफेल्म ट्याबलेट लगायतका विभागमा दर्ता नभएका औषधीहरु खुलमं–खुल्ला बेच्ने गरेको पाइएको छ ।
त्यसै गरी भारतबाट तस्करी गरेर ल्याइएको अल्बुमिन ,नर एड्रालिन, सरभेन्टा जस्ता महंगा ( प्रती भाइल १६ हजार सम्म पर्ने) लाइफ सेभिङ ड्रगहरु समेत उक्त फार्मोसीले बेच्ने गरेको स्रोतको दाबी छ ।
अटल फार्मोसीले भारतका अस्पतालका चिकित्सकले लेखेका तर नेपालमा दर्ता नभएका औषधीहरु पनी ग्राहकको माग अनुसार भारतबाट लुकाइ छिपाइ ल्याई बिक्री बितरण गर्ने गरेको छ । ट्याबलेट अल्ट्रासेट, टेटमसोल साबुन , ट्याबलेट नाइस, ट्याबलेट लोमोटिल, बेट्नोभेट मलम जस्ता औषधीहरु सो फार्मोसीले बेच्ने गरेको स्रोतको दाबी छ ।
उक्त गोरखधन्धाबाट पवन अटलले अकुत कालो-धन कमाएपछी आफ्नो छोरा सुशील अटलको नामबाट नयाँ  फर्म खोली सोही गोरखधन्धालाई फैलाइ रहेका छन् । छोरा सुशीलको नाममा अटल परिवारले विराटनगरमा हिमगिरी मेडिको नामक हाेलसेल  संचालन गरेका छन् । साे हाेलसेलबाट पनि अबैध औषधीको व्यापक कारेबार हुने गरेको स्रोतले दाबी गरेको छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]