२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराटनगरको अटल फार्मोसी दर्ता बिहीन औषधी बेचबिखनमा सक्रीय

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

विराटनगर, फागुन ४
विराटनगर स्थीत अटल फार्मोसीले औषधी व्यवस्था बिभागमा दर्ता नभएको औषधी खुल्ला रुपमा बेच्ने गरिएको पाइएको छ । उक्त फार्मोसीले नेपालमा दर्ता नभएका बिभिन्न ब्राण्डका दर्जनौ औषधीहरु नेपालको पुर्बी क्षेत्रमा खुलेआम बोच्ने गरेको पाइएको हो ।
अटल फार्मोसीका संचालक पवन अटल हुन् । उनले डेर्मीकेम ओसी मलम ,क्लोबेटा जि एम मलम ,सिग्नेफेल्म ट्याबलेट लगायतका विभागमा दर्ता नभएका औषधीहरु खुलमं–खुल्ला बेच्ने गरेको पाइएको छ ।
त्यसै गरी भारतबाट तस्करी गरेर ल्याइएको अल्बुमिन ,नर एड्रालिन, सरभेन्टा जस्ता महंगा ( प्रती भाइल १६ हजार सम्म पर्ने) लाइफ सेभिङ ड्रगहरु समेत उक्त फार्मोसीले बेच्ने गरेको स्रोतको दाबी छ ।
अटल फार्मोसीले भारतका अस्पतालका चिकित्सकले लेखेका तर नेपालमा दर्ता नभएका औषधीहरु पनी ग्राहकको माग अनुसार भारतबाट लुकाइ छिपाइ ल्याई बिक्री बितरण गर्ने गरेको छ । ट्याबलेट अल्ट्रासेट, टेटमसोल साबुन , ट्याबलेट नाइस, ट्याबलेट लोमोटिल, बेट्नोभेट मलम जस्ता औषधीहरु सो फार्मोसीले बेच्ने गरेको स्रोतको दाबी छ ।
उक्त गोरखधन्धाबाट पवन अटलले अकुत कालो-धन कमाएपछी आफ्नो छोरा सुशील अटलको नामबाट नयाँ  फर्म खोली सोही गोरखधन्धालाई फैलाइ रहेका छन् । छोरा सुशीलको नाममा अटल परिवारले विराटनगरमा हिमगिरी मेडिको नामक हाेलसेल  संचालन गरेका छन् । साे हाेलसेलबाट पनि अबैध औषधीको व्यापक कारेबार हुने गरेको स्रोतले दाबी गरेको छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]