०१ माघ २०८२, बुधबार
14-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

विराटनगर, फागुन ९
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा उक्त प्रस्ताव पेश भएको हो ।
प्रचण्ड–माधव समूहले पुस १२ गते मुख्यमन्त्री राईको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । कानुनी रुपमा पार्टी नफुटेको भन्दै ओली पक्षले सदनमा अवरोध सिर्जना गरिरहेका थिए ।
तर आज बसेको बैठकले अविश्वासको प्रस्ताव पारित गरेको छ । प्रचण्ड माधव समूहका सासंद ईन्द्र आङ्बोले सो प्रस्ताव पेश गरेका थिए । सो बैठकमा ओली समूहका सासंदहरुले उपस्थिती जनाएनन् ।
प्रदेशसभाको अर्को बैठक फागुन २० गते दिउँसो १ बजे तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]