१३ भाद्र २०८३, शनिबार
29-08-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मेलम्ची खानेपानीको सुरुङमा आजदेखि पानी भरिदै

Logo

विराटनगर ,फागुन १०
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण सुरु गरिँदै छ । मेलम्ची खानेपानी विकास समितिले परीक्षणका लागि आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा भइसकेको बताएको छ ।
खानेपानी मन्त्री मणि थापाले आज बिहान ११ बजे उक्त सुरुङमा पानी हाल्ने कामको उदघाटन गर्ने कार्यक्रम रहेको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्म रहेको उक्त सुरुङ भर्न करिब २० दिन लाग्नेछ ।
गत असारमा उक्त सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो तर तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यस्तै दुर्घटना फेरी नहोस् भनेर आयोजनाले उद्धारका लागी यस पटक हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । परीक्षण पहिलो चरणमा पुर्ण क्षमताअनुसार पानी नछोड्ने आयोजनाले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]