०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

प्रदेश १ पुनः हर्न निषेधित क्षेत्र

Logo

विराटनगर , फागुन ११
प्रदेश १मा हर्न बजाउन पुनः निषेधित गरिएको छ । यस अघि २०७५ असोज १ गते प्रहरीले प्रदेश १लाई पुण अनिसेधित क्षेत्र बनाउन खोजेता पनि उक्त अभियान बिभिन्न कारणले गर्दा ठप्प हुन पुगेको थियो । तत्कालीन समय केहि व्यक्तीले उक्त अभियान अव्यवहारिक भएको भन्दै अदालतमा दियर गरेको रिटका कारण समेत उक्त अभियान प्रभाबित हुन पुगेको थियो । पछि अदालतले भने प्रदेशलाई अनिसेधित क्षेत्र बनाउने अभियान बिरुद्ध परेको रिटलाई खारेज गरिदिएको थियो ।
अदालतको मुद्धा र लकडाउनका कारण २बर्ष देखी प्रभाबित बनेको उक्त अभियानलाई सोमबारबाट पुन सन्चालनमा ल्याइएको छ ।
सो अभियानको पहिलो दिन प्रदेशका बिभिन्न स्थानमा ट्राफिक यूनिट र प्रहरीका यूनिटले सडकमा प्लेकार्डसहित निस्केर चालकलाई हर्न नबजाउन सचेत गराएका छन् । अजैं केहि दिनसम्म यसै गरि चालकलाई सचेत बनाउने काम जारी राख्ने प्रहरीले जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०५० को दफा १६४ ‘घ’–३ अनुसार ध्वनी प्रदुषण गरेवापत ५०० देखि १ हजार ५०० सम्म सम्बन्धित व्यक्तिबाट जरिवाना भराउने व्यवस्था रहेको छ । हर्न बजाउने सवारी साधनलाई यहि ऐन बमोजिन कारवाही गर्न प्रहरीले जनाएको छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]