२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

प्रदेश १ पुनः हर्न निषेधित क्षेत्र

Logo
प्रकाशित मंगलबार, फाल्गुण ११, २०७७

विराटनगर , फागुन ११
प्रदेश १मा हर्न बजाउन पुनः निषेधित गरिएको छ । यस अघि २०७५ असोज १ गते प्रहरीले प्रदेश १लाई पुण अनिसेधित क्षेत्र बनाउन खोजेता पनि उक्त अभियान बिभिन्न कारणले गर्दा ठप्प हुन पुगेको थियो । तत्कालीन समय केहि व्यक्तीले उक्त अभियान अव्यवहारिक भएको भन्दै अदालतमा दियर गरेको रिटका कारण समेत उक्त अभियान प्रभाबित हुन पुगेको थियो । पछि अदालतले भने प्रदेशलाई अनिसेधित क्षेत्र बनाउने अभियान बिरुद्ध परेको रिटलाई खारेज गरिदिएको थियो ।
अदालतको मुद्धा र लकडाउनका कारण २बर्ष देखी प्रभाबित बनेको उक्त अभियानलाई सोमबारबाट पुन सन्चालनमा ल्याइएको छ ।
सो अभियानको पहिलो दिन प्रदेशका बिभिन्न स्थानमा ट्राफिक यूनिट र प्रहरीका यूनिटले सडकमा प्लेकार्डसहित निस्केर चालकलाई हर्न नबजाउन सचेत गराएका छन् । अजैं केहि दिनसम्म यसै गरि चालकलाई सचेत बनाउने काम जारी राख्ने प्रहरीले जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०५० को दफा १६४ ‘घ’–३ अनुसार ध्वनी प्रदुषण गरेवापत ५०० देखि १ हजार ५०० सम्म सम्बन्धित व्यक्तिबाट जरिवाना भराउने व्यवस्था रहेको छ । हर्न बजाउने सवारी साधनलाई यहि ऐन बमोजिन कारवाही गर्न प्रहरीले जनाएको छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]