२३ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
Gold Silver Price (18 Kartik 2082, TUE)
Fine Gold 1 Tola NRs. 238800
Silver 1 Tola Nrs. 3030

विराटनगर नजिकै सन्ध्याकालीन बजार

Logo
प्रकाशित बिहिबार, फाल्गुण १३, २०७७

विराटनगर फागुन १३
नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले विराटनगर नजिकैको कटहरी गाउँपालिकामा साप्ताहिक सन्ध्याकालीन बजार सुरु गर्न लागेको छ । उक्त बजारको उदेश्य मोरङ र सुनसरी जिल्लाका किसान, घरेलु तथा साना उद्यमीहरुबाट उत्पादित बस्तुको बजार प्रवर्द्धन गर्ने रहेको छ ।
कटहरीकाे कृषी थाेक बजारकाे हाताभित्र स‌चालन हुन लागेकाे साे सन्ध्याकाली बजारमा सागसब्जी, स्ट्रबेरी, मह, नौनी, नेवारी खाजा सेट, क्राफ्टका सामान तथा नेपाल अपाङ्ग महिला सङ्घले उत्पादन गरेको वस्तु साथै किसान, घरेलु तथा साना उद्यमीबाट उत्पादित बस्तु हरु रहने मञ्चका सचिव श्वेता तुलाधर बताईन् ।
साे बजार फागुन १४ शुक्रबारदेखि साप्ताहिक रूपमा साँझ ३ देखि राति ८ बजेसम्म खुला राखिने र  १५ वटा स्टलबाट पहिलाे चरणमा स‌न्ध्याकालीन बजारकाे शुरुवात गरीने मञ्चका अध्यक्ष सृजन प्याकुरेले जानकारी दिएका छन् । बजार सञ्चालनको व्यवस्थापनका लागि मञ्चले विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघसँग सहकार्य गर्ने सहमति भएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]