३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

४० टन म्याद सकिएका दाल बरामद, विराटनगरका व्यापारी बोहरालाई ३ लाख रुपैयाँ जरिवना

Logo

विराटनगर, फागुन १३
विराटनगर–७ स्थित जैसानी ट्रेड कन्र्सनको गोदाम उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बुधबार शिलबन्दी गरेको छ । उक्त ट्रेड कन्र्सनले पाँच वर्ष अगाडी म्याद सकिएको खाद्यवस्तु अहिलेसम्म बिक्री वितरण गरिरहेको पाइएपछि गोदाम शिलबन्दी गरिएको हो ।
वाणिज्य कार्यालयले बुधबार गरेको अनुगमनमा जैसानी टे«ड कन्सनको गोदामबाट ४० टन म्याद सकिएको रहरको दाल बरामद गरेको थियोे । २०१३ मा प्याकेजिङ गरिएको रहरको दालको बोरामा म्याद सकिने मिति सन् २०१५ उल्लेख थियो । तर दाल आयातकर्ता जैसानी ट्रेड कन्सर्नले म्याद सकिएको दालको बोरामा सन् २०२० मा प्याकिङ भई सन् २०२२ मा म्याद गुज्रिने भनी अर्को स्टिकर टाँसेर पसल र बिक्रेताहरुलाई बिक्री गरिरहेको पाइएको थियोे ।
उक्त ट्रेड कन्सनकका प्रोपाइटर निखिल जैसानीलाई उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले तीन लाख रुपैयाँ जरिवना समेत गरेको छ ।
साथै विराटनगरको गुद्रीमा रहेको अनोखी टे«ड एण्ड सप्लार्यमा १२ बोरा र ओम किराना पसलमा ३ बोरामा सेही ब्राडको म्याद सकिएको रहरको दाल भटिएको छ । अनोखीलाई २० हजार र ओम किरानलाई ५ हजार रुपैयाँ जरिवना गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]