३० आश्विन २०८२, बिहिबार
16-10-2025 , Thu
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

झण्डै भयो जिवित शिशुको अन्त्येष्टि

पुरिनै लाग्दा खोल्डोमै चल्मलाए शिशु
Logo
प्रकाशित आइतबार, साउन २६, २०७६

चितवन, श्रावण २६

मृत भनी खाल्डोमा पुर्न लागीसकेको एक जुम्ल्याहा शिशु एकाएक चल्मलाएपछि ति शिशुलाई पुनः अस्पताल भर्ती गरिएको छ । सँगै मृत्यु भएको भनि दफन गरिसकेको जुम्ल्याहा मध्ये अर्को शिशुलाई पनि पुनः उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल पु¥याएको छ ।
यो घटना चितवनको हो ।
चितवन चनौलीकी एक महिलाले केहि समयअघि चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशु जन्म दिएकी थिइन् । प्रहरीका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अस्पतालले घोषणा गरेको थियो । अस्पतालबाट डिस्चार्ज भई घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी परिवारजनले अन्त्येष्टिका लागी देवघाट पु¥याएको थियो ।
परिवारजनका अनुसार खाल्डोमा राख्ने क्रममा शरिर चल्मलाएपछि शिशुलाई पुनः चितवन मेडिकल कलेज अस्पताल फर्काइएको हो । उक्त घटना शङ्कास्पद भएको भन्दै प्रहरीले दफन गरिसकेको अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागी पठाएको थियो ।
परिवार सदस्यबाटै उक्त घटना घटाईएको हुन सक्ने प्रहरीको शंका छ । हाल शिशुका बुवा, फुपू दिदी र थप एकजनालाई प्रहरीले नियन्त्रणमा लिई उक्त विषय अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]