२८ आषाढ २०८३, आइतबार
12-07-2026 , Sun
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

नक्कली मोविल बनाउने विराटनगरको एक कारखानामा छापा

Logo

विराटनगर ,फागुन २८
प्रहरीले नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्दै आएको एक कारखानामा छापा मारेकाे छ । विराटनगर–११ जनपथ टोलमा रहेको उक्त कारखानामा विगत २० वर्षदेखि नक्कली मोविलमा सर्वो कम्पनिको स्टीकर टाँस गरेर बिक्री वितरण गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीले नक्कली मोविल बनाएर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा छापा हानेको थियो । उक्त छापाबाट प्रहरीले नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्दै आएका ७८ वर्षीय शंकरलाल खेम्कालाई समेत नियन्त्रणमा लिइएको छ ।
प्रहरीले सो कारखानाबाट नक्कली मोविल, इलामेलसहित बनाउने, प्याकेजिङ गर्ने र स्टीकरण बनाउने सामाग्री ,२०० लिटर मोविलसहितको १५ वटा ड्रम, २० लिटरको ३ ड्रम, १० लिटरको २ वटा बाल्टी, एक लिटरको १४ बट्टा, २०० लिटर अट्ने क्षमताको २४ वटा खाली ड्रम, सर्वो कम्पनिको स्टीकर टाँस गरिएको खाली बट्टा एकसय थान, सर्वोको स्टीकर एकसय थान, स्टीकर छाप्ने फर्मा २१ थान, लिटर मापन गर्ने औजारहरु समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभहेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]

विराटनगर, असार १८ । अनिल रौनियार लायन्स क्लब अफ विराटनगर ग्लोबलको सन् २०२६/२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा सचिवमा मुकेश कुमार यादव तथा कोषाध्यक्षमा चन्दा कुमारी सरकार चयन भएका छन्। रौनियारले हाल उनी आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन्। अध्यक्षका रूपमा उनले शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा लागुऔषध दुव्र्यसन नियन्त्रणका क्षेत्रमा […]