०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विवादित कम्पनीमा रंगेलीका मेयर बगडियाको गोप्य लगानी

Logo

काठमाडाैं, फागुन २९
रंगेलीका मेयर दिलिप बगडियाले विभिन्न व्यवसायमा अदृश्य लगानी गर्ने गरेको खुलासा भएको छ । पछिल्लो समय राजस्व छलीको विवादमा तानिएको विराटनगरको रोयल मार्बलमा समेत बगडियाको ठुलो लगानी रहेको पाईएको छ ।
विराटनगरको कंचनवारीमा संचालनमा रहेका रोेयल मार्बल प्रा.लि. नेपालकै एक ठुलो मार्बल–टाईल आयत तथा बिक्रि विरतण गर्ने कम्पनीको रुपमा चिनिन्छ । सो कम्पनी आधिकारिक रुपमा दिलिप तायल, राजेश कुमार अग्रवाल र अमित सिघंलको नामा दर्ता छ । तर रंगेलीका मेयर बगडियाको पनि उक्त कम्पनीमा ठुलो हिस्सा रहेको खुलासा भएको छ ।
मेयर बेगडियाको मोरङमा एक ठुलो ईट्टा उद्योग समेत छ । उनले आनन्द ब्राण्डका ईट्टा उत्पादन गर्दै आएका छन् । रोयल मार्बल, आनन्द ईट्टा बाहेक पनि एक दर्जन बढी व्यवसायीक फर्म तथा करखानाहरुमा बगडियाको गोप्य लगानी भएको खुल्न भएको छ । सो विषयको जानकारी जनचार्चा डटकमलाई आदान्द ईट्टा उद्योगकै एक कर्मचारीबाट प्राप्त भएको छ ।
जनचर्चा डटकमले केही समयअघि रोयल मार्बलमा भईरहेको राजस्व छलीको बारे समाचार सम्प्रेण गरेको थियो । सोही समाचारको नितन्तरतालाई रोक्न बगडियाले आफ्नो हनुमानलाई प्रयोग गरे । आनन्द ईट्टा उद्योगमा समेत उच्च अहोदा ग्रहण गरेर बसेका ति हनुमानले पहिला जनचर्चा डट कमका प्रतिनिधिलाई फकाउन प्रयास गरे । फकाएर पार लाग्लाजस्तो नलागेपछि हनुमानले शक्तिको ध्वाँस देखाउदै उक्त कम्पनीमा मेयर वगाडियाको लगनी रहेको भन्दै दवाव सिर्जना गर्न कोशिश गेर ।
लहरो तन्दा पहारो खुस्किएझैं हनुमानले दिएको सानो संकेतले मेयर बगडियाको थुप्रै पोल खुल्न पुग्यो । हुनमानले दिएको संकतलाई पंछ्याउदै जाँदा मेयर बगडियाको लुकेका थुप्रै कुराहरु बाहिर आए ।
मेयर बगाडियाले सरकारी बजेटबाट कुनैपनि समान खरिद गर्नुपरे उनले आफ्नो गोप्य लागनी भएको कम्पनी तथा फर्महरुलाई प्राथमिकता दिने गरेको स्रोतले बताएको छ । त्यस्ता फर्महरुमा प्रत्यक्ष संलग्नता देखिए अरुले विरोध गर्न सक्ने बुझेरै उनले अदृश्य लगानीलाई प्रोत्सय दिदै आएका छन् ।
त्यति मात्र नभएर बगडियाले आफ्नो कालो धन सेटलमेन्ट गर्नको लागी समेत विभिन्न क्षेत्रमा अदृश्य लागानी लगाउने गरेको स्रोतले बताएको छ । छट्टु व्यापार निती तथा राजनितिक पहुचका कारण अकुत कोला–सेतो दुवै प्रकारको धन आर्जन गर्न सफल मेयर बगडियालाई अहिले स्रोत नखुलेको पैशालाई कँहा थन्काउने त्यो चिन्ता छ । सोही कारण उनले अन्धुन्ध जतातेतै अदृश्य लागनी गरीरहेको स्रोत बताउँछ ।
अब यस्ता, जनप्रतिनिधिको रुपमा व्यापार गर्न बसेका छट्टु व्यापारीलाई कसले तह लगाउने होला ? के राज्यको संयन्त्रहरुले सरकारमै भएकालाई छानवीन तथा कारवाही गर्न सक्ला ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]