१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

गुणस्तरहिन खाद्यवस्तु बिक्री गर्ने ७ उद्योग विरुद्ध मुद्दा दर्ता

Logo

विराटनगर, चैत्र २
चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधीसम्ममा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरले सात वटा उद्योग विरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले आइतबार विराटनगरमा दोस्रो चौमासिक समिक्षा गोष्ठि गर्दै हालसम्मको प्रगति सार्वजानिक गरेको हो ।
लेवल नलगाई खाद्यवस्तु तथा गुणस्तरहिन खाद्यवस्तु बिक्री वितरण गर्ने सात उद्योगका सञ्चालक विरुद्ध खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरले मुद्दा दर्ता गरिएको हो ।
विराटनगर– ९ कलेज रोडमा सञ्चालित विराट गोल्छा घ्यु प्याकेजिङ उद्योग , बालाजी डेरी उद्योग , बालाजी टेडिङ्ग एण्ड कन्सर्न ले न्यून गुणस्तरको घ्यू उत्पादन गरेको भन्दै उक्त उद्योगहरुका सन्चालकहरु विरूद्ध मोरङ अदालतमा अभियोग दर्ता गरिएको थियो ।
विराटनगर–४ शिवम् डेरी उद्योगले अस्पष्ट लेबल विवरण गरेको भेटिए पछी उद्योगका संचालक विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा १० हजार रुपैयाँ जरिवना मागदाबी राखि अभियोग दर्ता गराएको थियो । त्यस्तै मोरङको बुढीगंगा गाउँपालिका ७ स्थित एसियन फिड्स प्रालिले उत्पादन गर्ने कुखुराको दाना गुणस्तरहिन भेटिएपछि उक्त कम्पनी विरूद्ध जरिवना र कैद सजायको माग दावी राखेर अभियोग दर्ता गरिएको थियो ।
चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधी भित्रमा १ सय ४३ वटा उद्योग निरीक्षण गरेको विभागले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]