१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

भौतिक पूर्वाधारलाई १ खर्ब ४८ अर्बको सिलिङ

Logo

काठमाडौं , चैत ४
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १ खर्ब ४८ अर्ब बराबरको बजेट सिलिङ पाएको छ । योजना आयोगले यसै हप्ता मन्त्रालयलाई आगामी वर्षहरुको लागि बजेट सिलिङ पठाएको हो ।
मन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा आगामी वर्ष सडक विभागका लागि १ खर्ब १६ अर्ब बराबरको सिलिङ दिइएको छ । पूर्व–पश्चिम राजमार्गको विस्तार र मध्यपहाडी, मदनभण्डारी, हुलाकी र उत्तरदक्षिण कोरिडोर राजमार्गहरुको निर्माणमा नै आगामी वर्षको बजेट केन्द्रित हुने मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
त्यस्तै आगामी वर्षबाट सिद्धबाबासहित केही ठाउँमा सुरुङमार्ग निर्माण ,मुग्लिन–नागढुंगा सडक विस्तार गर्ने लगायतका परियोजना रहेको बताएका छन् । साथै आगामी वर्ष रेल विभागले पनि करिब २५ अर्बभन्दा बढीको बजेट पाउने देखिएको छ । पूर्व–पश्चिम रेलमार्गको झापा–सुनसरी खण्डको निर्माणका काम पनि आगामी वर्षबाट सुरु गर्ने तयारी रहेको मन्त्रालयका स्रोतले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]