१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

ईन्धन तस्करी : मुद्दा हेर्ने अधिकारीलाई माेटो रकम अफर

Logo

विराटनगर , चैत्र ७
इन्धन भारत तस्करी गर्ने पेट्रोलपम्प र ढुवानीकर्ता विरुद्ध नेपाल आयाल निगम प्रादेशिक कार्यालय विराटनगरले कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।
फागुन २९ गते, तस्करी गरी भारत लैजान लागेको २ हजार ६ सय ६० लिटर डिजल सहित ट्याङकर पक्राउ परेपछि नेपाल आयाल निगमको प्रदेशिक कार्र्यालय विराटनगरले उक्त तस्करीमा संलग्न पम्प र ढुवानीकर्तालाई कारवाहि प्रकृया अगाडी बढाएको हो ।
भारत तर्फ जान लागेको को १ ख ५९१२ नम्बरको ट्याङकरमा डिजेल लोड भएको अवस्थामा मोरङ प्रहरीले पक्राउ गरेको थियो । उक्त ट्याङकर, ढुवानी व्यवसायी संघका सचिव चरणप्रित सिंहको भएको खुलेको छ ।
इन्धन ढुवानिको लागी भारत जान लागेको अवस्थामा आयल निगमको प्रादेशिक कार्यालय विराटनगरले सिंहको ट्याङकरमा डिजेल लोड भएको फेला परेपछि प्रहरीलाई खबर गरेको थियो । फागुन २९ गते सिंहको ट्ङकरमा डिजेल फेला परेपछी कार्यालयले कारवाहि अगाडी बढाएको जनाएको छ ।
निगमको बिनियम अनुसार बदमासी गर्ने ढुवानीकर्तालाई ३ देखि ६ महिना निलम्बन र आपूर्ती बन्दसमेत गर्न सक्नेछ ।
सिंहको ट्याङकरले महेशकुमार अग्रवालको मोरङको बुढीगङ्गगा गाउँपालिका–४ निमुवा स्थित नीतेश ट्रेडबाट ट्यांकरमा डिजल भरेको खुल्न आएको छ । सिलिगुडीबाट २० हजार लिटर पेट्रोल ल्याएर बेलबारी, विराटचौक र सुनसरीको तरहराको पेट्रोलपम्पा खन्याएको ट्यांकरले डिजल भरेर भारत जानलाग्दा कार्यालयले फेला परेको हो ।
पक्राउ परेको ट्यांकर तथा चालक दलका २६ वर्षीय मोहम्मद सजाद र २१ वर्षका इमरोज आलमले प्रहरीलाई दिएको बयान अनुसार उक्त ट्यांकरमा मोरङको बुढीगङ्गगा गाउँपालिका–४ निमुवास्थित नीतेश ट्रेड नामको पम्पले डिजल भरेको थियो । महेशकुमार अग्रवालको उक्त पम्पले प्रतिलिटर २ रुपैयाँ बढी लिएर डिजल भरेको स्रोतको दाबी छ ।
निगमको बिनियम अनुसार डिजेलतस्करी गर्न सहयोग गर्ने पेट्रोल पम्पलाई १ लाख रुपैयाँ जरिवाना देखि ६ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान रहेको छ ।
सिंह भारतमा बसेर तस्करीको सेटीङ मिलाउने गरेको अनुसन्धाबाट खुलेको छ । ट्याङकरबाटै तस्करी भएको पाइएपछि पेट्रोलिय व्यवसायीको समेत संलग्नता हुन सक्ने भन्दै मोरङ प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।
हाल ट्याङकर धनी सिंह फरार छन् भने तस्करलाई तेल बेच्ने पम्पका संचालक महेशकुमार अग्रवाल काण्डलाई सामसुम पार्नतर्फ लागीरहेका छन् । स्रोतका अनुसार अग्रवाल मोटो रकम बोकेर आयल निगमका अधिकारीसमक्ष केस–मिलान गराउनको लागी दिनेदिनै धाईरहेका छन् ।
उक्त विषयमा जाँच बुझ गर्ने विभिन्न निकायका अधिकारीलाई समेत अग्रवालले मोटो रकमको अफर दिईरहेको बुझिएको छ ।
यद्दपी समाज, मिडिया र सरोकारवालहरुले नजिकैबाट निहालिरहेको यो विषयमा मिलोमतोबाट अपराधीहरु उम्कने संम्भावना कमै रहेको छ ।
फागुन २९ गते बरामद भएको इन्धन भारत पुर्याउँदा करिब ६५ हजार रुपैयाँ तस्करीमा लागेका गिरोहलाई फाइदा हुनेथियो ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]