१६ भाद्र २०८२, सोमबार
01-09-2025 , Mon
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

ईन्धन तस्करी : मुद्दा हेर्ने अधिकारीलाई माेटो रकम अफर

Logo
प्रकाशित शनिबार, चैत्र ०७, २०७७

विराटनगर , चैत्र ७
इन्धन भारत तस्करी गर्ने पेट्रोलपम्प र ढुवानीकर्ता विरुद्ध नेपाल आयाल निगम प्रादेशिक कार्यालय विराटनगरले कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।
फागुन २९ गते, तस्करी गरी भारत लैजान लागेको २ हजार ६ सय ६० लिटर डिजल सहित ट्याङकर पक्राउ परेपछि नेपाल आयाल निगमको प्रदेशिक कार्र्यालय विराटनगरले उक्त तस्करीमा संलग्न पम्प र ढुवानीकर्तालाई कारवाहि प्रकृया अगाडी बढाएको हो ।
भारत तर्फ जान लागेको को १ ख ५९१२ नम्बरको ट्याङकरमा डिजेल लोड भएको अवस्थामा मोरङ प्रहरीले पक्राउ गरेको थियो । उक्त ट्याङकर, ढुवानी व्यवसायी संघका सचिव चरणप्रित सिंहको भएको खुलेको छ ।
इन्धन ढुवानिको लागी भारत जान लागेको अवस्थामा आयल निगमको प्रादेशिक कार्यालय विराटनगरले सिंहको ट्याङकरमा डिजेल लोड भएको फेला परेपछि प्रहरीलाई खबर गरेको थियो । फागुन २९ गते सिंहको ट्ङकरमा डिजेल फेला परेपछी कार्यालयले कारवाहि अगाडी बढाएको जनाएको छ ।
निगमको बिनियम अनुसार बदमासी गर्ने ढुवानीकर्तालाई ३ देखि ६ महिना निलम्बन र आपूर्ती बन्दसमेत गर्न सक्नेछ ।
सिंहको ट्याङकरले महेशकुमार अग्रवालको मोरङको बुढीगङ्गगा गाउँपालिका–४ निमुवा स्थित नीतेश ट्रेडबाट ट्यांकरमा डिजल भरेको खुल्न आएको छ । सिलिगुडीबाट २० हजार लिटर पेट्रोल ल्याएर बेलबारी, विराटचौक र सुनसरीको तरहराको पेट्रोलपम्पा खन्याएको ट्यांकरले डिजल भरेर भारत जानलाग्दा कार्यालयले फेला परेको हो ।
पक्राउ परेको ट्यांकर तथा चालक दलका २६ वर्षीय मोहम्मद सजाद र २१ वर्षका इमरोज आलमले प्रहरीलाई दिएको बयान अनुसार उक्त ट्यांकरमा मोरङको बुढीगङ्गगा गाउँपालिका–४ निमुवास्थित नीतेश ट्रेड नामको पम्पले डिजल भरेको थियो । महेशकुमार अग्रवालको उक्त पम्पले प्रतिलिटर २ रुपैयाँ बढी लिएर डिजल भरेको स्रोतको दाबी छ ।
निगमको बिनियम अनुसार डिजेलतस्करी गर्न सहयोग गर्ने पेट्रोल पम्पलाई १ लाख रुपैयाँ जरिवाना देखि ६ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान रहेको छ ।
सिंह भारतमा बसेर तस्करीको सेटीङ मिलाउने गरेको अनुसन्धाबाट खुलेको छ । ट्याङकरबाटै तस्करी भएको पाइएपछि पेट्रोलिय व्यवसायीको समेत संलग्नता हुन सक्ने भन्दै मोरङ प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।
हाल ट्याङकर धनी सिंह फरार छन् भने तस्करलाई तेल बेच्ने पम्पका संचालक महेशकुमार अग्रवाल काण्डलाई सामसुम पार्नतर्फ लागीरहेका छन् । स्रोतका अनुसार अग्रवाल मोटो रकम बोकेर आयल निगमका अधिकारीसमक्ष केस–मिलान गराउनको लागी दिनेदिनै धाईरहेका छन् ।
उक्त विषयमा जाँच बुझ गर्ने विभिन्न निकायका अधिकारीलाई समेत अग्रवालले मोटो रकमको अफर दिईरहेको बुझिएको छ ।
यद्दपी समाज, मिडिया र सरोकारवालहरुले नजिकैबाट निहालिरहेको यो विषयमा मिलोमतोबाट अपराधीहरु उम्कने संम्भावना कमै रहेको छ ।
फागुन २९ गते बरामद भएको इन्धन भारत पुर्याउँदा करिब ६५ हजार रुपैयाँ तस्करीमा लागेका गिरोहलाई फाइदा हुनेथियो ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,१४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु […]

विराटनगर, १३ भदौ – कोशी प्रदेश सरकारले प्रदेशसभाबाट पारित गर्ने तयारी गरेको ‘प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१’ होल्ड भएको छ। प्रेस स्वतन्त्रता विरोधी प्रावधानसहितको विधेयक कोशी सरकारले ल्याएपछि पत्रकार र सञ्चारसम्बद्ध संघ संस्थाहरु आन्दोलनमा उत्रेका थिए। पत्रकारहरूको आन्दोलनपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग तत्काल विधेयक अघि नबढाउने विषयमा छलफल भएको नेपाली कांग्रेस कोशी प्रदेश […]

विराटनगर,१४ भदौ । फोहोरमैला व्यवस्थापनका लागि कोशी प्रदेश सरकार र स्थानीय तहबीच संझौता भएको छ । मोरङ जिल्लाका चार तथा इलामका दुई स्थानीय तहबीच सम्झौता भएको हो । कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर र रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, कानेपोखरी गाउँपालिका तथा धनपालथान गाउँपालिकाबीच फोहोरमैला व्यवस्थापन रणनीतिक साझेदारी कार्यक्रमबारेको समझदारीपत्रमा हस्ताक्षर भएको हो । […]