१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

साईबर–सेना प्रयोग गरी अभद्र कमेन्ट गर्ने कार्यप्रति ध्यानाकर्षण

Logo

काठमाडौं, चैत ०७
पत्रकार तथा संचारमाध्यमको मानमर्दन हुनेगरी समाजिक संजालमा आएका अभिव्यक्ति प्रति जनचर्चा डट कमको ध्यानाकर्षण भएको छ । यस संचारमाध्यमले प्रकाशन गरेको विभिन्न समाचारहरुमा केही व्यक्ति विषेशले साईबर सेना तथा फेक आईडिको प्रयोग गरी पत्रकार तथा संचारमाध्यमको मानमर्दन हुने खाल्को अभिव्यक्ति कमेन्ट गर्न लागएको संस्थाको ठहर छ ।

समाचार प्रकाशनपछि भएको भण्डारफोरबाट प्रभावित केही व्यक्तिहरुले साईबर सेनाको प्रयोग गरी संचारमाध्यम तथा पत्रकारको बदनाम गर्ने काम गरिरहेको संस्थाको बुझाई छ । अति निकृष्ट भाषा प्रयोग गरी कमेन्टमा गालीगौलौच गर्ने त्यस्ता व्यक्ति उपर कानुनी उपचार खोज्ने संस्थाले निधो समेत गरेको छ ।

संस्थाको मानमर्दन कार्यमा संलग्न रहेका साईबर सेनाको परिचालक पत्ता लगाउन जनचर्चा डटकमले छानविन समिति समेत खडा गरेको छ । उक्त छानविन समितिले गाली–गौलौच गर्ने व्यक्तिको पुर्ण व्यक्तिगत विवरण पत्ता लगाउने र त्यस्तो व्यक्तिको कनेक्सन को को सँग छ भन्ने कुरा पत्ता लगाउने छ ।

जनचार्चा डटकमको अधिकारिक फेसबुक पेजमा पोष्ट भएको समाचार र वेभसाईट भित्रको समाचारको कमेन्ट बक्समा समेत आएका गाली–गौलौचपुर्ण कमेन्टलाई यस संस्थाले प्रमाण स्वरुप स्क्रिनसट गरी राखेको छ । उक्त अपाचनिय कमेन्टहरुको स्क्रिनसर्ट राखी उक्त कमेन्टहरु डिलिट गर्ने संस्थाले निर्णय समेत गरेको छ ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]