०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

यस्ता संयोजकबाट के होला विराटगोल्ड कप ?

Logo

विराटनगर, चैत्र ०८
खेलकुद भने कै ‘टिम वर्क’ हो । एउटा खेलकुद प्रतियोगीतामा धेरै पक्ष जोडीएका हुन्छन् । इतिहास र गरिमा बोकेको प्रतियोगीताको नेतृत्व गर्नु चानचुने कुरा होइन । महेन्द्र गोल्ड कप हुदै विराट गोल्ड कपसम्म आई पुगेको प्रतियोगीतोको लामो इतिहास र गरिमा छ । त्यस्तो प्रतियोगीताको नेतृत्व अनाडीलाई दिईयो भने त्यसको ओज र गरिमा नै धुमिल हुन सक्छ ।

चैत्र २६ गतेबाट अयोजना हुन लागेको प्रतियोगीताको नेतृत्व त्यस्तै व्यक्तिलाई दिएको देखिन्छ । प्रतियोगीताको नेतृत्वकर्ता अपरिपक्क भएको उनले गरेको पहिलो पत्रकार सम्मेलनबाट प्रतित हुन्छ । केहि दिन अघि आयोजकले गरेको विराटगाेल्ड कप सम्बन्धि पत्रकार सम्मेलनमा देखिएको अस्तव्यस्ताले मुख्यकर्ता–धर्ता मनोज विक्रम शाहमा अपरिपक्क नेतृत्व भएको पुष्टि गर्छ ।

शाहको नेतृत्वमा हुने गोल्डकप जन अपेक्षा अनुरुप हुन नसक्ने देखिएको छ । शाहको कार्यशैली र व्यवस्थापकीय अस्तव्यस्तताले गोल्डकप पनि कतै त्यस्तै त हुने हैन भन्ने आशंका उब्जाएको छ । गोल्डकपको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलन पश्चात उनी अपरिपक्क नेतृत्व हुन भन्ने पुष्टि भएको छ ।
संयोजकको जिम्मेवारी तालीका सर्वजनिक गर्नु मात्र होइन यस अघिका संयोजकको जस्तो चुस्त व्यवस्थापन हुनु पर्छ । जहाँ साहले पहिलो गल्ति भद्रगोल पत्रकार सम्मेलन मार्फत आफ्नो असक्षमता प्रदर्शन गरेका छन् ।

गोल्डकपको विषयमा चैत्र ६ गते विराटनगरको एक चार तारे होटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बुहुसंख्यक अतिथिहरुलाई उभ्याएर प्रतियोगीताको विषयमा जानकारी दिएका थिए । ‘बोलाएर बस्ने ठाँउको व्यवस्थापन गर्न नस्कनु त आयोजकको कम्जोरी हो,’ कार्यक्रममा सहाभागी एक पत्रकारले भने ‘ ८०÷९० जना सहभागि भएको पत्रकार सम्मेलनको संयोजन गर्न नसक्नेले हजारौ दर्शक उपस्थित हुने गोल्कपको संयोजन कसरी गर्छन ।’ विभिन्न क्षेत्रको व्यक्तित्व उभिरहेका त्यस समारोहमा शाहको टोली भने गज्जक परेर केन्द्रिय दिर्घामा बसेको थियो । अतिथिहरु भने आएदेखि अन्तिमसम्म अभिएको उभिए भए ।

त्यसभन्दा लाजमर्दो त पत्रकार सम्मेलनमा सहभागि पत्रकारहरुलाई गोल्डकपको लोगो अंकित टिसर्ट वितरणमा भएको थियो । बोरामा भरेर ल्याएको उक्त टिर्सटलाई बोराबाट वितरण गरेर शाहले आफ्नो बोरे शैली प्रस्तुत गरेका थिए । यति ठुलो कार्यक्रममा कुनै पनि सामान कसरी दिने भन्ने कुरामा आयोजकले ढंग पु¥याउन जरुरी छ । उक्त कार्यक्रममा सहभागी धेरै पत्रकार तथा अतिथिहरुले उक्त शैलीलाई पचाउन सकेनन् र वितरण भईरहेको टिसर्ट लिन अस्वीकार गरे ।

स्टार–होटलमा भएको पत्रकार सम्मेलन समेत राम्रो व्यबस्थापन गर्न नसक्ने संयोजक शाहले विराटनगरको सहिद रगंसालामा हुने प्रतियोगीता व्यबस्थापन गर्न सक्लान त ? उक्त प्रतियोगीतामा प्रतिदिन ५ हजार टिकट बिक्री गर्ने शाहले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । यो भन्दा अघिल्लो समय भएको खेलमा टिकट नपाएर दशकहरु आक्रोसीत समेत भएका थिए । यस पटक पनी सेही प्रकारको दुर्घटना हुननदिन संयोजक शाहले कसरी व्यस्थापन गर्ने हुन त्यो हेर्न बाकी नै छ । पछिलो समय गोल्डकपको संयोजन गर्ने कामको जिम्मेवारी उद्योगी, व्यवसायीहरूले पाउने गरेका कारण शाह यस पटकका संयोजक बनेका हुन् ।

यस विषयमा खबरदारी जारी रहने छ : जनचर्चा डट कम

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]