१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

इटहरीका खाद्य स्टोरहरुमा छापा, चारलाई कारवाही

Logo

विराटनगर , चैत्र ११
वाणिज्य कार्यालयको नेतृत्वमा इटहरी उपमहानगरपालिका तथा इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलिले इटहरीको बिभिन्न खाद्य बस्तुको स्टोरमा मंगलबार छापा मारेको छ ।

छापा मार्ने क्रममा भारतमा उत्पादन भएका खाद्य बस्तु अवैध रुपमा नेपाल भित्र्याएर बिक्री वितरण गर्ने गरेको पहीएपछी उक्त कार्यमा सम्लग्न बिभिन्न चार फर्मलाई वाणिज्यले जरिवाना समेत गराएको छ । वाणिज्यले ति फर्महरुलाई १० हजार सम्म जरिवाना गराएको छ ।

कारवाही पर्नेमा इटहरीको माँ नवदुर्गा सप्लायर्स, पी.डी.सप्लायर्स, भट्टराई स्टोर र राम किराना पसल रहेका छन् । यी पसलहरुमा भारतबाट अवैध रुपमा पैठारी गरिएको बिस्कुट, लेज, कुरमुरे, डेरी मिल्क, हल्दिराम भुजिया बिक्री गर्ने गरेको पाइएको थियो ।
उनीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार बिलबिजक देखाउन नसकेको आरोपमा जरिवाना गराइएको वाणिज्य कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]