२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

प्रदेश १ मा चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त

Logo

विराटनगर , चैत्र १४
प्रदेश १ को मन्त्रीमण्डलमा चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम राना मगर, आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ र सामाजिक विकासमन्त्री उषाकला राई रहेका छन् ।

नवनियुक्त चारजना मन्त्रीहरुलाई शुक्रबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यारीले सपथ ग्रहण गराएका छन् ।
त्यस्तै दुईजना राज्यमन्त्रीलाई भने मुख्यमन्त्री शेरधन राईले सपथ ग्रहण गराएका हुन । नवनियुक्त राज्यमन्त्रमा कला घले र राजकुमार ओझा रहेका छन् ।
यससँगै प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय बनेको छ । मन्त्रिमण्डल तेस्रो पटक पुनर्गठन भएको हो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]