०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

प्रदेश १ मा चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त

Logo

विराटनगर , चैत्र १४
प्रदेश १ को मन्त्रीमण्डलमा चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम राना मगर, आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ र सामाजिक विकासमन्त्री उषाकला राई रहेका छन् ।

नवनियुक्त चारजना मन्त्रीहरुलाई शुक्रबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यारीले सपथ ग्रहण गराएका छन् ।
त्यस्तै दुईजना राज्यमन्त्रीलाई भने मुख्यमन्त्री शेरधन राईले सपथ ग्रहण गराएका हुन । नवनियुक्त राज्यमन्त्रमा कला घले र राजकुमार ओझा रहेका छन् ।
यससँगै प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय बनेको छ । मन्त्रिमण्डल तेस्रो पटक पुनर्गठन भएको हो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]