२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने आकलन

Logo

काठमान्डौं, चैत्र १९
विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने आकलन गरेको छ । बुधबार प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले उक्त आकलन गरेको हो ।
विश्व बैंकले कोभिड–१९ का कारण दक्षिण एसियाली अर्थतन्त्रमा यस्तो असर आहेको प्रक्षेपण निकालेको हो । आगामी आर्थिक वर्षमा भने ३.९ प्रतिशत आर्थिक वृद्धिदर हुने बैंकले आफ्नो प्रतिवेदनमा जनाएको छ । उक्त प्रतिवेदनमा सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने बताइएको छ ।
बैंकका अनुसार सन् २०२२ सम्ममा दक्षिण एसियाली क्षेत्रको आर्थिक क्रियाकलाप पुरानै लयमा फर्किने अनुमान छ  । कोभिड–१९ को भ्याक्सिन लगाउन सुरु गरेका कारण नेपालको आर्थिक वृद्धिदर यसअघि आकलन गरिएभन्दा बढी हुने विश्व बैंकले जनाएको हो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

२० जेठ, जनकपुर। महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति डाँका चोरीको घटनामा दुई जना व्यक्ति गोली लागी घाइते भएका छन्। स्थानीय राम विश्वास आदबको घरमा डाँका समूह पसेको थियो। त्यस क्रममा डाँकाहरूले गोली चलाउँदा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भए।  घाइते दुवैजनाको हाल जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। प्रहरीले […]

 कञ्चनपुर, जेठ १५ । शुक्रवार बिहान सिरहाको गोलबजार नगरपालिका-४ निपनियामा स्थानीयवासीले कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको ढिलासुस्तीविरुद्ध टायर जलाउँदै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरे। ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ले ठेक्का लिएको करिब ७ वर्ष बित्दासमेत सडक निर्माण अधुरै रहेकाले नागरिकले दैनिक सास्ती भोग्नुपरेको स्थानीयकाे गुनासाे छ। साढे एक घण्टाको अवरोधपछि कम्पनी प्रतिनिधि र स्थानीय तहसँग […]