२९ बैशाख २०८२, सोमबार
12-05-2025 , Mon
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने आकलन

Logo
प्रकाशित बिहिबार, चैत्र १९, २०७७

काठमान्डौं, चैत्र १९
विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने आकलन गरेको छ । बुधबार प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले उक्त आकलन गरेको हो ।
विश्व बैंकले कोभिड–१९ का कारण दक्षिण एसियाली अर्थतन्त्रमा यस्तो असर आहेको प्रक्षेपण निकालेको हो । आगामी आर्थिक वर्षमा भने ३.९ प्रतिशत आर्थिक वृद्धिदर हुने बैंकले आफ्नो प्रतिवेदनमा जनाएको छ । उक्त प्रतिवेदनमा सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने बताइएको छ ।
बैंकका अनुसार सन् २०२२ सम्ममा दक्षिण एसियाली क्षेत्रको आर्थिक क्रियाकलाप पुरानै लयमा फर्किने अनुमान छ  । कोभिड–१९ को भ्याक्सिन लगाउन सुरु गरेका कारण नेपालको आर्थिक वृद्धिदर यसअघि आकलन गरिएभन्दा बढी हुने विश्व बैंकले जनाएको हो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]